सिभिल लघुवित्तको लाभांश घोषणा

Sep 23, 2019 11:00 AM Merolagani

सिभिल लघुवित्त वित्तीय संस्था (CLBSL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश घोषणा गरेको छ। 

सञ्चालक समितिको असोज ५ गते सम्पन्न १३८ औं बैठकले प्रतिशत ५ बोनस र बोनसमा लाग्ने कर सहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।

हाल लघुवित्तको चुक्ता पूँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँ रहेको छ । यस पूँजीबाट कम्पनीले ५७ लाख ५ हजार ७०० रुपैयाँको बोनस र सोही रकम बराबरको नगद लाभांश गरि कूल एक करोड १४ लाख ११ हजार ४०० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

लघुवित्त सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

 

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा लघुवित्तले ४ प्रतिशत बोनस शेयर र ३.८९ प्रतिशत नगद गरि कूल ७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो।

गत आर्थिक वर्ष २०७५/०७६ मा सिभिल लघुवित्तले अघिल्लो आवको तुलनामा ४५.३१ प्रतिशतले खुद नाफा बढाउँदै एक करोड ६३ लाख ८८ हजार रुपैयाँ खुद नाफा गरेको थियो।  यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ३६ पैसा कायम भएको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।