सगरमाथा सेक्युरिटिजको सदस्यता निलम्बन

Sep 23, 2019 11:56 AM Merolagani

नेपाल स्टक एक्सचेञ्जले कालिकास्थानको डिल्लिबजारस्थित ब्रोकर नम्बर १८, सगरमाथा सेक्युरिटिज प्रालिको सदस्यता निलम्बन गरेको छ। 

धितोपत्र बजारको सदस्यता तथा कारोबार विनियमावली २०५५ को विनियम ११ (२) १ (ई) मा रहेको व्यवस्था विपरित कार्य गरेकोले असोज ७ गते मंगलबार एक दिनका लागि सदस्यता निलम्बन गरिएको नेप्सेले जनाएको छ।

उक्त व्यवस्थामा नेपाल स्टक एक्सचेञ्जले मागेको सूचना धितोपत्र दलाल व्यवसायीले उपलब्ध गराउनुपर्ने व्यवस्था छ। माग अनुरुपको सूचना उपलब्ध नगराएकाले एक दिनका लागि उक्त ब्रोकरको सदस्यता निलम्बन गरेको नेप्सेले जनाएको छ।

यससँगै सगरमाथा सेक्युरिटिजबाट शेयर कारोबार गर्ने लगानीकर्ताहरुले मंगलबार उक्त ब्रोकर कम्पनीबाट सोमबार गर्नबाट बञ्चित बनेका छन्।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।