नागढुंगामा सुरूङमार्ग बनाउन जापानी कम्पनीसँग सम्झौता हुँदै

Sep 23, 2019 01:29 PM Merolagani

लामो समयदेखि चर्चामा रहेको नागढुंगादेखि धादिङको सिस्नेखोला जोड्ने सुरूङ मार्ग बनाउने सम्झौता आज हुँदैछ । सम्झौतामा सडक बिभाग र जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीका प्रतिनिधिले हस्ताक्षर गर्दैछन् ।

२.६ किलोमिटर लामो सुरूङ ४२ महिनामा बनिसक्ने बताइएको छ। नागढुंगामा अत्याधिक सडक जाम भएपछि सरकारले सुरूङमार्ग बनाउन लागेको छ।

आयोजनाको कुल लागत १३ अर्ब  रहने छ ।

यो परियोजनामा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले यस आयोजनामा ऋण उपलव्ध गराउनेछ। सुरूङ मार्ग बन्ने धादिङतर्फको जग्गाको समस्या समाधान भईनसकेकोले निर्माणको काम थाल्न केही समय ढिला हुने सडक विभागले जनाएको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।