एनआईसी एशिया बैंकका ग्राहकलाई भाटभटेनीमा दशैं–तिहारमा विशेष छुट

Sep 23, 2019 02:24 PM Merolagani

एनआईसी एशिया बैंक र भाटभटेनी सुपरमार्केट बीच एनआईसी एशिया बैंकको डेबिट एवं क्रेडिट कार्ड मार्फत् लत्ताकपडा तथा जुत्ता खरीद गर्दा प्रत्येक खरीदमा १५ प्रतिशत रकम वा अधिकतमएक हजारसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

 

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र भाटभटेनी सुपरमार्केटको तर्फबाट सुपरमार्केटका अध्यक्ष मीन बहादुर गुरुङले हस्ताक्षर गरे। 

उक्त सम्झौता अनुसार भाटभटेनी सुपरमार्केटमा सामान खरिद गर्नुहुने बैंकका ग्राहकहरुले उपरोक्त छुट प्राप्त गर्न सक्नेछन्।

साथै यस बैंकमा खाता नभएका इच्छुकहरुले भाटभटेनी सुपरमार्केटमा रहेको एनआईसी एशिया बैंकको स्टल तथा प्रतिनिधि मार्फत् नयाँ खाता खोल्न सक्ने र तत्कालै कार्ड प्राप्त गर्न सक्ने बताइएको छ । 

उक्त छुट आश्विन ८ गतेदेखि कात्र्तिक १६ गतेसम्म लागू हुनेछ । यस योजनाबाट ग्राहक महानुभावहरुले चाडपर्वको समयमा अधिकतम लाभ लिन सक्नुहुने विश्वास बैंकले लिएको छ ।

बैंकले देशभर २९८ शाखा कार्यालयहरु, ३५९ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको हुन सफल बैंकको करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।