नेपाल श्रीलंका चेम्बर अध्यक्षमा रमेश मर्हजन चयन

Sep 23, 2019 02:24 PM Merolagani

नेपाल श्रीलंका चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रीज को १३ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले रमेश महर्जनलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो।

संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री राज्यमन्त्री धनबहादुर बुढाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाले विशिष्ठ सदस्यमा राजेश काजी श्रेष्ठ, उपाध्यक्ष्माा विजय श्रेष्ठ, सचिवमा रामराजा आचार्य, कोषाध्यक्षमा डा.हरिश जोशीलाई निर्वाचित गरेको छ ।

त्यस्तै सदस्यहरुमा क्रमशः अनुजमणि तिमल्सिना, युगेश भक्त बादे श्रेष्ठ, मनिष राजभण्डारी, दिपकमहर्जन, शिबकुमार अग्रवाल, बिध्या सागर ताम्राकार, विधाता श्रेष्ठ, सुधिर प्रधानाङ्ग, राजेश शाक्य, रिजु महर्जन, भिक्षु सागर धम्म र नबिन महर्जन छानिएका छन्।

कार्यक्रममा नेपालका लागि श्रीलंका राजदूत स्वर्ण परेराको समेत उपस्थिति रहेको थियो । उनको ३ वर्षे कार्यकाल नेपाल श्रीलंका चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रीजको इतिहासमा सुवर्ण रहेको र उनलाई यस संघको संरक्षकको रुपमा राखिएको अध्यक्ष रमेश महर्जनले बताए ।

सो अवसरमा राजदूत परेराको योगदानको चर्चा गर्दै सम्मानसंगै बिदाई कार्यक्रम सम्पन्न भएको संघले जनाएको छ।

कार्यक्रममा नेपाल चेम्बर अफकमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल र श्रीलंकाबीचको ब्यापार त्यति सोचे अनुसार नभएको भन्दै व्यापार अभिवृद्धि गर्नतर्फ लाग्नब्यवसायीलाई आग्रह गरे ।

हाल वर्षको ७० हजार श्रीलंकन पर्यटक नेपालको लुम्बिनी भ्रमण आएपनि उनीहरुको बसाई अबधि लम्ब्याउन नसक्दा त्यसको फाइदा छिमेकी मुलुकले लिएको बताए । उनले नेपाल र श्रीलंका बीच सिधा हवाई उडान हुनुपर्ने त्यसका लागि सरकारले सहयोग गर्नुपर्ने उनको भनाई थियो । राजदूत परेराले दुबै देशको व्यापार अभिवृद्धि का लागि सहयोग गर्न आफू सधैं लागि पर्ने बताए।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।