माछापुच्छ्रे बैंक शाखा विस्तारमा आक्रमक, चितवन देखि कैलालीसम्म ११ नयाँ शाखा विस्तार

Nov 14, 2019 05:40 PM Merolagani

माछापुच्छ्रे बैंक (MBL) ले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ । बैंकले चितवन देखि कैलालीसम्म नयाँ शाखा विस्तार गरेका ११ शाखा पश्चात बैंकको शाखा संख्या १४४ पुगेको छ।

बैंकले चितवन जिल्लाको हाकिमचोक र पर्सा, नवलपरासी जिल्लाको वर्दघाट, रुपन्देहि जिल्लाको मनिग्राम, कपिलबस्तु जिल्लाको चन्द्रौटा र तैलिहवा, दाङ्गजिल्लाको तुल्सीपुर र लमही, वर्दिया जिल्लाको गुलरिया तथा कैलाली जिल्लाको लम्की र अत्तरियामा ११ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको हो ।

उक्त शाखा कार्यालयहरुको सम्बन्धित महानरपाका तथा नगरपालिकाका स्थानिय जनप्रतिनिधि एंव तथा माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गरेका थिए।

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँनयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ। नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा बैंकले २४ सै घण्टा एटीएम सेवापनि उपलब्ध गराउदैँ आएको छ।

माछापुच्छ्रे बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १४४ वटा शाखाहरु र १३३ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २७७ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ। साथै देशभर रहेका १६७ वटा एटीएमहरु मार्फत बैंकले २४ सै घण्टा सेवा प्रदान गर्दै आएको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।