कम्पनीले माघ १४ गते ११ औँ र १२ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। यस अघि कम्पनीले पुस २८ गते सो सभा डाकेको थियो। शेयरधनीको कोरम नपुगेका कारण सो सभा स्थगित भएको थियो।
कम्पनीको सभा नक्साल बैङ्क्वेट, नक्सालमा बिहान ११ बजे शुरु हुनेछ।
सभामा सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी १ जना महिला सहित २ जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्तावहरु रहेको छ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते एक दिन शेयर दाखिल खारेज बन्द गरेको थियो। पुस १६ गते बुधबारसम्म कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन सक्नेछन्।