दिनदिनै बढ्दैछ नेप्से, कुन उपसमूह कति बढ्यो? यस्तो छ प्राविधिक विश्लेषण

Jan 19, 2020 12:35 PM Merolagani

दोस्रो बजारमा अब बढ्ने पालो बैंकिङ, विकास बैक, होटेल, म्युचुअल फण्ड, उत्पादनमूलक र अन्य उपसमूहको बताइएको छ।

शेयर बजारको प्राविधिक विश्लेषणले अब बढ्ने पालो यिनीहरूको देखाएको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वृद्धिदर र उपसूचकहरूको बढ्दो क्रमको तुलनामा बैंकिङ, विकास बैंक, होटेल, म्युचुअल फण्ड  र उत्पादनमूलकको उपसूचक बढ्दो दर कम रहेकोले अब यिनीहरूको शेयरमा आकर्षण हुने प्राविधिक विश्लेषणले देखाएको छ।

प्राविधिक विश्लेषण अनुसार नेप्सेको ५ दिने र २० दिने मुभिङ एभरेजको फरक ७३.८७ अंक रहेको छ। यो नेप्सेको हालको विन्दुको ५.६४ प्रतिशत हो। अर्थात् नेप्सेको अहिले ५.६४ प्रतिशत बढेको छ।

नेप्से सूचकसँगको फरकदर क्रमशः बैंकिङ उपसमूहको ५.१७ प्रतिशत, विकास बैंकको ५.१३, होटलको ५.०६, म्युचुअल फण्डको ३.४९, उत्पादनको २.३६ र अन्यको १.५७ प्रतिशत रहेको छ।सामान्य भाषामा भन्नुपर्दा नेप्सेको फरकदरभन्दा बढी फरक दर भएका उपसमूहको परिसूचक बढी सकेका छन् भने सोभन्दा कम फरक दर भएका उपसमूहका सूचकहरू बढ्न बाँकी रहेको छ।पछिल्लो समयमा यी सबै उपसमूहका परिसूचकहरूमा गोल्डेन क्रस देखिएको थियो। यस क्रसले सबै उपसमूहका परिसूचकहरू बढ्ने संकेत गर्दछ।

बजार बढेसँगै लगानीकर्ताहरू कहिले वाणिज्य बैंक तथा कहिले लघुवित्त समूहहरुमा आकर्षित हुने गरेका छन्। अधिक आकर्षणका कारण केही उपसमूहहरुको सचूकहरु उल्लेख्य बढेको छ भने केहीको बढ्न बाँकी रहेको छ। यही नेप्सेको फरकदरको तुलनामा केही उपसचूकहरुको फरक दर सोभन्दा बढी रहेको छ भने केहीको फरक दर सोभन्दा कम रहेको छ। ५ दिने र २० दिने मुभिङ एभरेजको फरक सबैभन्दा बढी व्यापार उपसमूहमा देखिएको छ। सो उपसमूहमा यी दुई बिचको फरक १००.३१ अंक रहेको छ। यो यस उपसूचकको हालको विन्दुको ११.५५ प्रतिशत हो। अर्थात् यस उपसमूहको फरकदर नेप्सेको फरकदर भन्दा बढी हो। त्यसै गरी, लघुवित्त उपसमूहको फरक २३४.५६ अर्थात् ११.३३ प्रतिशत रहेको छ। निर्जीवन बिमा, जीवन बिमा, जलविद्युत र वित्त उपसमूहको यस्तो फरक नेप्सेको फरक प्रतिशतभन्दा बढी रहेको छ।

दैनिक कारोबार रकममा पनि सुधार देखिन थालेको छ। गत साता दैनिक औसत कारोबार रकम बढेर एक अर्ब ३३ करोड रहेको छ । पछिल्लो २० दिनको औसत कारोबार रकम भने ८० करोड रहेको छ । यसले गत साता औसत कारोबार रकम बढेको देखाउँछ। पोर्टफोलियो चेन्ज गरी लगानी गर्न रुचाउने लगानीकर्ताहरूका कारण यति बेला कारोबार रकम बढेको बिश्लेशकहरु बताउँछन् ।

 

नोटः ५ दिने र २० दिने मुभिङ्ग एभरेज रेखालाई आधार मानेर गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताहरूले लगानीको निर्णय गर्नुअघि थप विश्लेषण गर्नुपर्नेछ।

विस्तृत प्राविधिक विश्लेषण मेरोलगानीको न्युज लेटरमा

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।