बीमा दाबी भुक्तानी सहज बन्दै, मार्गदर्शन जारी गर्ने बीमा समितिको तयारी

Jan 20, 2020 05:31 PM Merolagani

बीमा समितिले दावी भुक्तानी प्रक्रियालाई छिटो छरितो तथा पारादर्शी बनाई ब्यवस्थित बनाउन मार्गदर्शन जारी गर्ने भएको छ । समितिले दावी भुक्तानी सम्बन्धी मार्गदर्शन, २०७६ जारी गरी दाबी भुक्तानीको प्रकृयालाई सहज बनाउन लागेको हो ।

समितिले प्रस्ताव गरेको मार्गदर्शन अनुसार बीमकले जीवन बीमाको शुल्कको अन्तिम किस्ता भुक्तान गरिसकेका बिमितको नाममा किस्ता भुक्तान गरेको मितिले पन्ध्र दिनभित्र त्यस्तो जीवन बीमाको दाबी भुक्तानी गर्नको लागि चाहिने बीमालेख आदि कागजातहरू समेत संलग्न राखी दाबी भुक्तानी लिन आउनको निमित्त सूचना जारी गर्नुपर्नेछ ।

यस्तै बीमितले जीवन बीमाको दाबी भुक्तानीको निमित्त बीमालेख तथा अन्य कागजातहरू बीमकसमक्ष पेश गरेमा बीमकले आवश्यक जाँचबुझ गरी सात दिनभित्र जीवन बीमाको दाबी भुक्तानी दिनुपर्न व्यवस्था छ ।

निर्जीवन बीमाको दाबी भुक्तानीको निमित्त बीमितको निवेदन प्राप्त भएमा बीमकले जाँचबुझ गर्न आवश्यक परेमा तुरुन्त सर्भेयर खटाउन सक्ने व्यवस्था प्रस्तावित मार्ग दर्शनमा उल्लेख छ । सर्भेयरले आवश्यक जाँचबुझ गरी पन्ध्र दिनभित्र बीमकको दायित्वको निर्धारण गरी त्यसको विस्तृत विवरण समेतको प्रतिवेदन बीमक समक्ष पेश गर्नुपर्ने र सर्भेयरले बीमक समक्ष प्रतिवेदन पेश गरेको पैंतीस दिनभित्र बीमकले दायित्व ठहर गरी बीमितिलाई दाबी भुक्तानी गर्नुपर्नेछ ।

बीमकले १० लाख भन्दा माथिको समर्पण मूल्य वा ऋण भुक्तानी कारोबारको सम्बन्धमा सम्पत्ती शुध्दीकरण तथा आतंकबादी कृयाकलाप वित्तिय लगानी निवारणको लागि विशेष ध्यान दिने प्रणालीको विकास गरी लागू गर्नु पर्ने उक्त मार्गदर्शनमा उल्लेख छ ।

नोक्सानीको पुरै वा नोक्सानीको कुनै भाग तेश्रो पक्षवाट भराउनु पर्ने भएमा दावी भुक्तानी वा दावी फछर्यौट गर्नु अगाडि विमितले अन्य पक्षवाट असुल उपर गरी लिन पाउने अधिकार वा हस्तान्तरण वा कानूनी कारवाहीमा जानु पर्ने भएमा कानुनी अख्तियारनामा लिनु पर्न व्यवस्था समेत छ ।

यस्तै बीमालेख अन्तर्गत दावी भुक्तानी गर्दा ५० हजार रुपैयाँ भन्दा बढीको भुक्तानीमा अनिवार्य रूपमा भुक्तानी पाउने व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खाता मार्फत भुक्तानी गर्नु पर्ने व्यवस्था छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।