चार कम्पनीले नगद लाभांश बैंक खातामा जम्मा गर्ने

Jan 20, 2020 09:50 AM Merolagani

चार कम्पनीहरुले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गर्ने व्यवस्था गरेको छ। समता लघुवित्त, गुडविल फाइनान्स, विजय लघुवित्त र मञ्जुश्री फाइनान्सले नगद लाभांश जम्मा गर्ने व्यवस्था गरेको हो।

यी चारवटै कम्पनीहरुले पुस २९ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा सो लाभांश जम्मा गर्न लागेको हो।

समता लघुवित्त (SMATA) ले गत पुस २९ गते छैठौँ वार्षिक साधारण सभाबाट पारित गरेको ५.५२ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गर्नेछ। त्यसैगरी, गुडविल फाइनान्स (GFCL) ले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत, विजय लघुवित्त (VLBS) ले ५ प्रतिशत र मञ्जुश्री फाइनान्स (MFIL) ले ९.८० प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गर्नेछ।

यी चारवटै कम्पनीहरुको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।