यो वर्ष विश्वभर २५ लाख बेरोजगार संख्या बढ्ने : राष्ट्र संघ

Jan 22, 2020 04:22 PM Merolagani

हाल विश्वभरको अर्थव्यवस्था सुस्त गतिमा छ । यसको प्रत्यक्ष असर विश्वभरको रोजगारको क्षेत्रमा पनि परेको छ । संयुक्त राष्ट्र संघको ताजा रिपोर्टका अनुसार, हाल विश्वमा करिब ४७ करोड मानिसहरु कि त बेरोजगार छन्, कि त उनीहरुसँग पर्याप्त काम छैन । 

संयुक्त राष्ट्र संघ अन्तर्गतको संस्था अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) ले जारी गरेको रिपोर्टका अनुसार, सन् २०२० मा विश्वभर बेरोजगारको संख्या २५ लाख बढ्ने अनुमान रहेको छ ।

रिपोर्ट अनुसार, पछिल्लो समय बेरोजगारहरुको संख्यामा लगातार वृद्धि भइरहेको छ । हाल विश्व बरोजगारीको दर ५.४ प्रतिशत रहेको छ । यो दरमा ठूलो परिवर्तन नआएपनि सुस्ताउँदो गतिमा रहेको विश्व अर्थव्यवस्थाका कारण बेरोजगारहरुको संख्या बढिरहेको छ ।

सन् २०२० मा बेरोजगारीहरुको संख्या २५ लाखले बढेर १९ करोड ५ लाख पुग्ने आईएलओको अनुमान छ । सन् २०१९ मा उक्त आँकडा १८ करोड ८० लाख रहेको थियो ।

रिपोर्टका अनुसार, विश्वमा करिब २८ करोड ५० लाख मानिसहरुसँग पर्याप्त रोजगार छैन । अर्थात् यि मानिसहरुले आफूले चाहेको र आफ्नो क्षमता अनुसारको काम गर्न पाइरहेका छैनन् । यिमध्ये कतिपय मानिसहरुले रोजगारको खोजी नै बन्द गरिसकेका छन् । त्यस्तै १२ करोड मानिसले विकल्प नभएको कारण मन नपरेको काममा चित्त बुझाएर बसेका छन् ।

कुल ४७ करोड ३० लाख मानिसहरु पूर्ण रुपमा बेरोजगार वा उनीहरुसँग कामको कमी रहेको प्रतिवेदनमा उल्लेख छ । यो विश्वभरमा उपलब्ध श्रमशक्तिको १३ प्रतिशत हो । एजेन्सी 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।