यसैगरी बिहीबार अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि घटेको छ। यसदिन कच्चा तेलको मूल्य सात हप्तायताकै सबैभन्दा कम मूल्यमा झरेको छ।
बिहीबार एशिया–प्रशान्त शेयरमा ०.४५ प्रतिशतको गिरावट देखिएको छ। यसैगरी, चिनीयाँ ब्लू–चिप शेयर ०.९१ प्रतिशतले घटेको छ भने जापानको निक्केई सूचक ०.६ प्रतिशतले घटेको छ। यसदिन अष्ट्रेलियन शेयर ०.५७ प्रतिशतले घटेको छ।
एशियामा अमेरिकी शेयर ईएससीवान ०.०२ प्रतिशतले घटेको छ। यद्यपी बुधबारको बजारमा एसएण्डपी ५०० इन्डेक्स भने ०.०३ बढेको थियो। तर चीनमा फैलिएको भाइरसको प्रभावको आंशका बढेका कारण लगानीकर्ताहरु प्रभावित भएसँगै समग्र विश्व बजार भने मिश्रीत रहन पुग्यो।
बिहीबार चिनीयाँ मुद्रा दुई हप्तायताकै तल्लो स्तरमा झरेको छ भने जापानी मुद्रा र सुनको मूल्य भने बढेको छ।
चीनमा नयाँ कोरोना भाइरसका कारण बुधबारसम्ममा १७ जनाको मृत्यु भइसकेको छ भने हालसम्म ६०० जना भन्दा बढी मानिसहरु यसबाट प्रभावित भइरहेको बताइएको छ।
उक्त भारइरस विश्वभर अन्यत्र पनि फैलिरहेको र यसले ठूलो रुप लिनसक्ने भन्दै विश्वभर चिन्ता व्यक्त गरिएको छ । योसँगै विश्व शेयर बजारमा यसको प्रत्यक्ष प्रभाव देखिएको छ।
- तेलको मूल्य घट्यो, सुनको बढ्यो
बिहीबार तेलको मूल्य सात हप्तायताकै तल्लो स्तरमा झर्दा सुनको मूल्य भने बढेको छ। इन्टरनेशनल इनर्जी एजेन्सीहरुले चेतावनी दिदैँ अमेरिकामा कच्चा तेलको अतिरिक्त भण्डारण भएसँगै पर्याप्त मात्रामा आपूर्ति हुने आशंका व्यक्त गरेका थिए। योसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको बताइएको छ।
अमेरिकी पेट्रोलियम संस्थानका अनुसार, कच्चा तेलको भण्डारण गत हप्ता १६ लाख ब्यारेलले बढेको छ। अझै पनि १० लाख ब्यारेल बढ्ने अपेक्षा गरिएको बताइएको छ।
बिहीबार अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.०७ प्रतिशतले बढेर एक हजार ५५९.१७ प्रति अउन्स पुगेको छ। एजेन्सीको सहयोगमा