सिन्धुको साधारण सभा आह्वान

Jan 24, 2020 10:56 AM Merolagani

सिन्धु विकास बैंक (SINDU) ले माघ १७ गते दशौं वार्षिक साधारण सभा डाकेको छ। बैंकले यसअघि स्थगित भएको साधारण सभा पुनः डाकेको हो।

बैंकले यसअघि गत पुस २९ गते सो सभा डाकेको छ। तर, गणपुरक संख्या नपुगेका कारण सो सभा स्थगित भएको थियो। बैंकको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकले माघ १७ गते साधारण सभा गर्ने निर्णय गरेको हो।

बैंकको साधारण सभा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सभाहल, बाह्रबिसेमा बिहान साढे ११ बजे शुरु हुनेछ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्ता पूँजीको ११.५१ प्रतिशतले हुन आउने ५ करोड ७५ लाख ७२ हजार रुपैयाँ बराबरको बोनस शेयर र ०.५७ प्रतिशतले हुन आउने २८ लाख ७८ हजार ६३४ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै, बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले पुस १६ गतेदेखि २९ गतेसम्म बुकक्लोज गरेको थियो।

हाल ५० करोड २७ हजार ३१६ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस शेयर वितरणपश्चात ५५ करोड ७६ लाख पूँजी कायम हुनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।