नेप्सेले इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ४०० रुपैयाँ ९५ पैसा कायम गरेको छ। समायोजित मूल्यलाई आधार मानेर आइतबार नेप्सेमा कम्पनीको शेयर कारोबार खुल्नेछ।
इन्स्योरेन्सले ५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद गरी कूल १६.३२ प्रतिशत लाभांश वितरण गर्न माघ २४ गते २४ औँ वार्षिक साधारण सभा डाकेको हो।
साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले माघ १० गते (आज) शेयर दाखिल खारेज दर्ता बन्द गरेकाले माघ ९ गतेसम्म कायम शेयरधनीहरुले इन्स्योरेन्सको लाभांश प्राप्त गर्न सक्नेछन्।
हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५० लाख रहेको छ। ५ प्रतिशत बोनस शेयर वितरणपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५ करोड ५३ लाख पुग्नेछ।