सुन्दरहरैचा नगरपालिका – १ का अध्यक्ष विनोद बहादुर बस्नेत र बैंकको प्रादेशिक कार्यालय १ का प्रमुख बिवेक निरौलाले बिहीबार आयोजित एक कार्यक्रममा शाखा रहित बैंकिङ्ग सेवा संयुक्त रुपमा पोइन्ट अफ सेल मेसिन, बैंकिङ्ग सेवाका प्रतिनिधि ममता कुमारी चौधरीलाई हस्तान्तरण गर्दैे उद्घाटन गरेका थिए।
उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखा रहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ। बैंकका अनुसार शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने छ।