उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग र रेमिट टु नेपाल रेमिटका प्रबन्ध निर्देशक सन्तोष भेटवालले हस्ताक्षर गरेका हुन् । यस सुविधाबाट बैंकका सेवाग्राहीलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखामार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आएको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।