म्यादी बीमाबाट पुससम्ममा एक अर्ब बढीको बीमा शुल्क आर्जन

Jan 24, 2020 01:58 PM Merolagani

चालू आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा बैदेशिक रोजगार (म्यादी बीमा) बाट एक अर्ब २२ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ । बीमा समितिको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पुस सम्ममा ८ लाख २२ हजार १४७ बीमालेखबाट सो बराबरको बीमा शुल्क आर्जन भएकाे हो ।

म्यादी बीमा गर्नको लागि हाल श्रम तथा रोजगार विभागमा १४ जीवन बीमा कम्पनीहरु सूचीकृत छन् । त्यस मध्ये चार बीमा कम्पनीहरुले मात्रै पुल प्रणाली मार्फत म्यादी बीमाको सेवा दिइरहेका छन् ।

सुर्या लाइफ, नेशनल लाइफ, युनियन लाइफ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले म्यादी बीमा पुलको व्यवस्थापन गर्दै आएका हुन् । त्यस मध्ये सबै भन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्सले ३ लाख ७२ हजार ४९९ वटा म्यादी बीमालेख जारी गरेको छ । त्यसवाट कम्पनीले २४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको बीमा समितिको तथ्यांक छ ।

यता सूर्या लाइफले म्यादी बीमा अन्तर्गत सबैभन्दा धेरै ४६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सूर्याले चालू आर्थिक वर्षको पुषसम्ममा ३ लाख ३३ हजार ६६५ बीमालेख जारी गरी सो बराबरको बीमा शुल्क संकलन गरेको हो ।

युनियन लाइफले ४९ हजार ६८८ बीमालेखबाट २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै रिलायवल नेपाल लाइफले ६६ हजार २९५ बीमा लेख जारी गरेका छन् । त्यसबाट ३० करोड रुपैयाँ बैदेशिक रोजगार बीमा शुल्क संकलन गरेको बीमा समितिको तथ्यांक छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।