बैंक तथा वित्तीय संस्थामा 'प्राेजेक्सन' रिपोर्टकाे बिगबिगी,नाफा गर्न जे पनि गर्न थाले

Jan 24, 2020 02:41 PM Merolagani

सुवास निरौला

पछिल्लो समय एक ऋणीले कुनै बैकबाट १३ करोड रुपैयाँ ऋण लिएका थिए । होटेल व्यवसाय  गर्न उक्त ऋण बैकले प्रवाह गरेको थियो । ऋणीको अन्य व्यवसाय  भएपनि उनको यो नयाँ प्रोजेक्ट थियो ।

बैंकबाट लिएको ऋणले उनी होटेल बनाउँदै थिए । ऋण लिएको निश्चित अवधिपछि बैंकले किस्ता तिर्न व्यवसायी लाई ताकेता गर्न थाल्यो । ऋणीको होटेल सञ्चालनमा आएको थिएन भने उनको अन्य व्यवसाय   मन्दीको चपेटामा परेको थियो ।जसले उनलाई किस्ता तिर्न अप्ठ्यारो बनायो । यता बैंकले उनलाई बारम्बार ताकेता गरिरहेको थियो । मन्दीको मारमा र बैंकको ताकेताको चपेटामा परेका व्यवसायीले बिचको बाटो समाते ।

उनले बनिरहेको त्यही होटेलको नयाँ प्राेजेक्ट फाइल बनाए । त्यही फाइल उनले अर्को बैंकमा पेस गरे । त्यो बैंकले उनलाई २३ करोड रुपैयाँ दिने भयो । त्यो पैसा लिएर उनले पुरानो बैंकको रकम चुक्ता गरे भने नयाँ बैंकसँग कारोबार सुरु गरे । जुन विषय पहिले ऋण दिने बैक र नयाँ ऋण दिने दुवै बैंकका अधिकारीहरुबाट लुकेको छैन  । उनीहरूले एक आपसमा थाहा नपाए जस्तो मात्रै गरे । किनकि एउटै क्षेत्रमा काम गर्ने भएकोले एक बैंकले अर्को बैंकको खराब पक्ष उजागर गर्न चाहेनन् ।

नेपाल राष्ट्र बैंकले ऋणमा कडाइ गरेपछि बैंक तथा वित्तीय संस्था वित्तीय अनुशासन बाहिर जान थालेका छन् । आक्रामक लगानी बिस्तार गरिरहेका बैंक तथा वित्तीय संस्थाले एक आपसमा ऋण खोसाखोस गर्ने क्रममा उनीहरू वित्तीय अनुशासन बाहिर गएका हुन् । यति बेला बैंक तथा वित्तीय संस्थामा ऋण खोसा खोस गर्ने, ऋण किनबेच गर्ने,पुराना ऋणमा नयाँ 'प्राेजेक्सन' रिपोर्ट बनाएर थप लगानी गर्ने, एक बैंकबाट ऋण लिई सकेकाले पुरानो बैंकको ऋण तिर्न त्यही प्रोजेक्टको नयाँ फाइल खडा गरेर अर्को बैंकबाट ऋण लिने प्रवृत्ति  मौलाएको एक बिकास बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।

यस्तो प्रवृत्ति चालु आर्थिक वर्षको सुरु देखिनै मौलाएको हो । यति बेला यस्तो प्रवृत्तिले बैंकिङ्ग क्षेत्रमा जरा गाड्दै गएको छ । ऋणमा देखिएको कडाइले पछिल्लो समय ऋणको वृद्धिदर समेत प्रभावित भएको नेपाल राष्ट्र बैंकको गएको पाँच महिनाको रिपोर्टमा समेत देखिएको छ । उक्त रिपोर्टमा ऋण सँग सम्बन्धित सबैजसो सूचकको वृद्धिदरमा कमी आएको छ भने केहीको त सूचक नै तल झरेको छ । पछिल्लो समयको सरकारको नीति तथा केन्द्रीय बैंकको कडाइले असर परेको बैंकर बताउँछन् ।

चालु आर्थिक वर्ष लागे देखिनै ऋणीले कर कार्यालय र बैंकमा बुझाउने वासलात एउटै हुनु पर्छ । यस अघि ऋणीले कम कर तिर्न कर कार्यालयमा बुझाउने वासलात र बैंकसँग ऋण लिँदा दिने वासलात फरक बनाउने गरेका थिए । एकै पटक केन्द्रीय बैंकले कडाइ गरेपछि यति बेला ऋणीलाई सकस परेको छ । जसले बैंक तथा वित्तीय संस्थाको ऋण प्रवाहनै प्रभावित भएको छ । ठूला ऋण त यति बेला नगण्य छ नै साना ऋणीलाई समेत हालै केन्द्रीय बैकको नयाँ निर्देशनले थप प्रभावित बनाएको छ । कर चुक्ता गरेको कागज लगेपछि मात्रै ऋण दिने निर्देशनपछि बैंकमा ऋण लिनेको सँख्यामा ह्वात्तै कमी आएको छ । मझाैला ऋणीलाई समेत प्रभावित पारेकाे हाे ।

जसरी पनि लगानी बिस्तार गर्न चाहने बैंक तथा वित्तीय संस्था र जसरी पनि व्यवसाय अघि बढाउन चाहने व्यवसायीको मिलेमतोमा काम हुँदा वित्तीय अनुशासन भत्किँदै गएको हो । यति बेला पुराना ऋणीले थप रकम लिन नयाँ प्राेजेक्सन रिपोर्ट तयार गर्ने गरेका छन् । त्यही रिपोर्टको आधारमा पुराना ऋणीलाई बैक तथा वित्तीय संस्थाले ऋण प्रवाह गरिरहेका छन् । एक बैंकले नपत्याएको ऋण अर्को बैंकले थप रकम दिएर लैजाने क्रम बढेको छ । तर उनीहरू अनुशासन बाहिर गएर कारोबार गरिरहेका भए पनि उनीहरूको खराब कर्जा भने अपत्यारिलो ढङगले घटेको छ । अनुशासन बाहिर गएर कारोबार गरी खराब ऋण घटाएपनि त्यसलाई प्रोत्साहित गर्न भने हुँदैन । किनकि वित्तीय क्षेत्र अनुशासन बाहिर जाँदा समग्र अर्थतन्त्रमै नकारात्मक प्रभाव पर्छ ।   

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।