संशोधनमा गएका धितोपत्र सम्बन्धि आधा दर्जन नियमावली अर्थमन्त्रालयले बोर्डकै जिम्मा लगायो

Jan 25, 2020 10:51 AM Merolagani

सरकारले नेपाल धितोपत्र बजारसँग सम्बन्धित आधा दर्जन नियमावली संशोधन प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ । अर्थ मन्त्रालयका वित्तीय व्यवस्थापन महाशाखा प्रमुख झक्कु प्रसाद आचार्यले उक्त नियमावली संशोधनको अन्तिम चरणमा पुगेको जानकारी गराए ।

पछिल्लो समय धितोपत्र सम्बन्धी कानुहरूको संशोधनको विषय अर्थमन्त्रीको चासो बढेपछि सरकारले उक्त कानुनहरूलाई संशोधन गर्न तीव्रता दिएको हो । उक्त कानुनका बिषयमा यति बेला दैनिक जसो अर्थ मन्त्रालयमा छलफल चलिरहेको स्रोतको भनाई छ । बोर्डमा नयाँ अध्यक्ष नियुक्ति भएसँगै यो बिषयले प्राथमिकता पाउन थालेको हो । बोर्डका नयाँ अध्यक्षले यस बिषयमा अर्थ मन्त्रालयमा प्रजेन्टेसन समेत गरिसकेका छन् ।

सरकार र बोर्डका प्रतिनिधि बिच बारम्बार चलेको छलफल पछि मन्त्रालयले बोर्डकै जिम्मा लगाएको जनाएको छ । 'उक्त नियमावलीहरूको अर्थमन्त्रालयबाट संशोधन सम्बन्धी सम्पूर्ण कामहरू सकेर धितोपत्र बोर्डमा पठाइएको छ, अब बोर्डको सञ्चालक समितिले पास गरी मन्त्रालय पठाएपछि मात्र संशोधनको प्रक्रिया पुरा हुनेछ' आचार्यले भने । मन्त्रालयले उक्त नियमावली सम्बन्धी सम्पूर्ण काम छिटो सकेर पठाउनका लागि बोर्डकै जिम्मा लगाएको आचार्यले भनाई छ ।

सामूहिक लगानी कोष (म्युचुअल फण्ड) नियमावली २०६८, धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३, धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४, धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ र क्रेडिट रेटिङ्ग नियमावली, २०६८ रहेका छन् ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।