राष्ट्रिय वाणिज्य बैंकको खुद मुनाफा दुई अर्ब माथि

Jan 24, 2020 06:26 PM Merolagani

राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ५ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकको ५५ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उक्त जानकारी दिएका हुन् ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठका अनुसार बैंकले चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा १ खर्ब ९७ अर्ब रुपैंया निक्षेप संकलन १ खर्ब ५२ अर्ब रुपैंया कर्जा लगानी गरेको छ ।

बैंकको ५५ औं वार्षिकोत्सव कार्यक्रम अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आथित्यतामा शुक्रवार सम्पन्न भएको छ ।

वैंककाे देशको सातैवटा प्रदेशका ७७ वटै जिल्लामा शाखा विस्तार भएको छ । हाल देशभर बैंकका २३८ वटा शाखा कार्यालय, २०५ वटा एटिएम, २८ स्थानमा एक्सटेन्सन काउण्टर र ९३ स्थानमा शाखारहित बैंकिंग सेवा संचालनमा छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।