बैंकले सशस्त्र प्रहरीको १९ औं स्थापना दिवसको अवसरमा विभिन्न विधामा पदक जित्ने खेलाडीलाई उक्त नगद पुरस्कार वितरण गरेको हो ।
सहयोग स्वरुपको चेक एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले ए.पी.एफ.क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसीराम दाहाललाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा प्रमुख अतिथ्यता सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द्र खनालको रहेको थियो । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व पुरा गर्ने क्रममा उक्त नगद सहयोग गरेको जनाएको छ ।