बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ करोड ६५ लाख रुपैयाँ बढी हो। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ६ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५८ लाख ८५ हजार रुपैयाँ बढेर १३ करोड ४४ लाख २७ हजार पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २ करोड ३७ लाख ४ हजार रुपैयाँ बढेर ११ करोड ९२ लाख ९० हजार पुगेको छ।
खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ७९ पैसा बढेर २८ रुपैयाँ ५५ पैसा कायम भएको छ। त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ २३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०.१२ गुणा रहेको छ।
पुस मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ५८ करोड ५० लाख रुपैयाँ रहेको छ। बैंकको जगेडा कोष १६ करोड ९३ लाख रुपैयाँ रहेको छ भने शेयरधनी कोषमा १७ करोड १२ लाख रुपैयाँ सञ्चित छ। सो अवधिसम्ममा बैंकले ४ अर्ब ९४ करोड ९६ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४ अर्ब २४ करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
सो अवधिसम्ममा बैंकको निष्क्रिय कर्जा घटेर ०.३० प्रतिशतमा सीमित भएको छ। बैंकको कष्ट अफ फण्ड ९.१९ प्रतिशत रहेको छ। त्यसैगरी, बैंकको बेस रेट ११.७४ प्रतिशत र स्प्रेड रेट ६.०८ प्रतिशत रहेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ करोड ८६ लाख २ हजार रहेको छ।