इन्स्योरेन्सको खुद बीमाशुल्क उल्लेख्य बढेपनि खुद नाफा भने सामान्य मात्र बढेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सले ६ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४ लाख ३७ हजार बढी हो।
१ अर्ब ५४ करोड चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ३३ करोड ४६ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, इन्स्योरेन्सको जीवन बीमा कोषमा १ अर्ब २० करोड र महा विपत्ती जगेडामा ३ करोड ७२ लाख रुपैयाँ रहेको छ।
पुस मसान्तसम्ममा इन्स्योरेन्सले २ अर्ब ४६ करोड ३० लाख रुपैयाँ दीर्घकालीन लगानी तथा कर्जा प्रवाह गरेको छ भने २६ करोड ५२ लाख रुपैयाँ अल्पकालीन लगानी तथा कर्जा परिचालन गरेको छ। इन्स्योरेन्सले लगानी कर्जा तथा अन्यबाट ५ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ करोड ७१ लाख रुपैयाँ बढी हो।
सो अवधिसम्ममा इन्स्योरेन्सले बीमा लेखको धितोबापत ७ करोड ६२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबाट इन्स्योरेन्सले १७ लाख १० हजार रुपैयाँ आर्जन गरेको छ।
पुस मसान्तसम्ममा इन्स्योरेन्सको कुल कायम बीमालेख संख्या ३६ हजार ६६३ रहेको छ। कम्पनीले सो अवधिसम्ममा १९ दाबीबापत ४६ लाख १५ हजार रुपैयाँ भुक्तानी गरेको छ।