नियोजित रुपमा फैलाइएका दुश्प्रचारका पछि नलाग्न इसेवाको आग्रह

Apr 04, 2020 07:05 PM Merolagani

डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले अनलाइन पोर्टलको समाचार हटाइएको विषयमा आफुलाई मुछिएको दाबी गर्दै कम्पनी माथि प्रहार भएकोमा खेद प्रकट गरेको छ।

कम्पनीले प्रेस विज्ञप्ती जारी गर्दै समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र ई–सेवाको कुनै सम्बन्ध नरहेको अवस्थामा नियोजित रूपमा ई–सेवा माथि निरन्तर प्रहार गर्ने कार्य कुनै किसिमले न्यायोचित नहुने जनाएको हो।

विगत ११ वर्षदेखि भुक्तानी सेवा प्रदायकका रुपमा सेवा गर्दै नेपालमा विद्युतिय भुक्तानीको जग इसेवाले बसालेको जनाउदै सुरुवाती दिनदेखि नै विभिन्न बाधा व्यवधान र अवरोध बेहोर्दै अहिलेको अवस्थामा आइपुगेका इसेवाको दाबी छ।

"हामी नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त र नियमन भएको कम्पनी हौं। हाम्रो संरचना, प्रविधि तथा सेवाहरु नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणमा हुन्छ”, इसेवाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

कम्पनीले ग्राहकलाई भुक्तानी सेवा दिने हुनाले यसको लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्न आफू अत्यन्त संवेदनशील र प्रतिवद्ध रहेको बताएको छ। कम्पनीको गोपनियता नीति तथा प्रयोगका शर्त वेवसाइटमा उल्लेख गरेको र यसको अक्षरशः पालना गरेको कम्पनीले दाबी गरेको छ।

ई–सेवाले विभिन्न अनलाइनमा आएका समाचार, सामाजिक सञ्जालमा नियोजित रुपमा फैलाइएका अफवाह तथा दुश्प्रचारका पछि नलाग्न ग्राहक, एजेन्ट, सेवा प्रदायक र बैंक तथा वित्तीय संस्थालाई अनुरोध पनि गरेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।