नेप्सेमा सूचीकृत १५ निर्जीवन बीमा कम्पनीहरु कुन कस्तो ? तथ्यांकमा हेर्नुहोस्

May 30, 2020 03:01 PM Merolagani

हाल नेपालमा २० निर्जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन्। जसमध्ये नेप्सेमा सूचीकृत १५ निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १७ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी ७ अर्ब ५६ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीमध्ये खुद बीमाशुल्क आर्जनको आधारमा शिखर इन्स्योरेन्सले निरन्तर आफुलाई अब्बल साबित गरेको छ भने खुद नाफा कमाउनेमा राष्ट्रिय बीमा कम्पनी अघि देखिएको छ। यता युनाईटेड इन्स्योरेन्स भने तुलनात्मक रुपमा सबैभन्दा कमजोर देखिएको छ।

यस अवधिमा बीमा समितिको निर्देशन अनुसार राष्ट्रिय बीमा कम्पनी बाहेक सबै निर्जीवन बीमा कम्पनीहरुले न्यूनतम एक अर्ब चुक्ता पूँजी पुर्याएका छन्।

शिखर इन्स्योरेन्सको चुक्ता पूँजी सबैभन्दा धेरै १ अर्ब ३७ करोड रुपैयाँ छ भने सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनीको २६ करोड ६६ लाख रुपैयाँ मात्रै छ ।

खुद बीमाशुल्कमा शिखर र खुद नाफामा राष्ट्रिय बीमा कम्पनी अगाडि

१५ निर्जीवन बीमा कम्पनीहरुमध्ये खुद बीमाशुल्क आर्जनको आधारमा शिखर इन्स्योरेन्स अब्बल देखिएको छ। बीमा कम्पनीहरुको आम्दानीको मुख्य स्रोत बीमाशुल्कमा शिखर इन्स्योरेन्स अघि भएपनि धेरै नाफा कमाउनेमा भने राष्ट्रिय बीमा कम्पनीले बाजी मारेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा शिखरले १ अर्ब २१ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरी ३६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यता राष्ट्रिय बीमा कम्पनीले भने १७ करोड ४७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको गरी सबैभन्दा धेरै ५३ करोड ४३ लाख रुपैयाँ खदु नाफा कमाएको छ। सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा पनि राष्ट्रिय बीमा कम्पनी नै रहेको छ।

नविकरण बीमाशुल्क समयमै संकलन गर्न नसक्दा खुद बीमाशुल्क घटेको देखिएपनि नाफामा सुधार भएको राष्ट्रिय बीमा कम्पनीले जनाएको छ।

यस्तै, सबैभन्दा कम नाफा कमाउनेमा भने युनाईटेड इन्स्योरेन्स रहेको छ। युनाईटेडले यस अवधिमा ४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

जगेडा र बीमा कोषमा राष्ट्रिय बीमा कम्पनी नै बलियो

सबैभन्दा थोरै चुक्ता पूँजी भएको राष्ट्रिय बीमा कम्पनीको जगेडा र बीमा कोषमा भने धेरै रकम थुप्रिएको छ। कम्पनीको जगेडा कोषमा २ अर्ब ९१ करोड ६२ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब १९ करोड रुपैयाँ सञ्चित छ।

शिखर इन्स्योरेन्सको जगेडा कोषमा ६३ करोड ७३ लाख रुपैयाँ र बीमा कोषमा एक अर्ब २३ करोड रुपैयाँ सञ्चित छ।

यस्तै, युनाइटेड इन्स्योरेन्सको जगेडा कोषमा सबैभन्दा कम ११ करोड ४४ लाख रुपैयाँ सञ्चित छ भने एभरेष्ट इन्स्योरेन्सको बीमा कोषको आकार सबैभन्दा सानो छ। एभरेष्ट इन्स्योरेन्सको बीमा कोषमा २९ करोड ३९ लाख रुपैयाँ सञ्चित छ।

प्रतिशेयर आम्दानी र नेटवर्थमा पनि राष्ट्रिय बीमा कम्पनी अघि

राष्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी थोरै भएका कारण प्रतिशेयर आम्दानी र नेटवर्थ सबैभन्दा धेरै देखिएको छ। कम्पनीको प्रतिशेयर आम्दानी २६७ रुपैयाँ २३ पैसा र प्रतिशेयर नेटवर्थ एक हजार १९३ रुपैयाँ ७१ पैसा छ।

यस्तै, शिखर इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ९६ पैसा र प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ३७ पैसा रहेको छ।

सबैभन्दा कम प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ भने युनाईटेड इन्स्योरेन्सको रहेको छ। युनाईटेडको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ५२ पैसा र प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ १३ पैसा रहेको छ।

युनाईटेड इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात सबैभन्दा धेरै अर्थात ५३.९९ गुणा बढी छ भने प्रभु इन्स्योरेन्सको सबैभन्दा कम १७.६७ गुणा रहेको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।