भ्याक्सिन बनेपनि कोरोना भाइरस समाप्त नहुन पनि सक्छ

May 30, 2020 09:22 AM Merolagani

कोरोना भाइरसमाथि नियन्त्रण पाउनका लागि पूरै विश्व लागिपरेको छ । कयौँ देशका वैज्ञानिकहरु भाइरसको भ्याक्सिन बनाउनमा जुटेका छन्, तर यसैबीच वैज्ञानिकहरुका तर्फबाट एउटा रिपोर्ट आएको छ, जसले मानिसहरुलाई झनै सोच्न बाध्य बनाएको छ । 

वैज्ञानिकहरुका अनुसार, भ्याक्सिन बनेपनि कोरोना भाइरस समाप्त नहुन पनि सक्ने बताइएको छ ।

वाशिंगटन पोस्टमा प्रकाशित रिपोर्टका अनुसार, महामारी रोगका बीच कोभिड–१९ लामो समयसम्म कायम रहनु अमेरिकाको आगामी चरणको महामारीको अनुसन्धानका लागि महत्वपूर्ण हुने विशेषज्ञहरुले बताएका छन् ।

विशेषज्ञहरुका अनुसार, समग्र अनिश्चितताका बीच कोरोना भाइरस केही चीजमा बाँचिरहने छ, जसलाई हामी भविष्यमा गन्न पनि सक्नेछौँ ।

शिकागो विश्वविद्यालयमा विकासवादी जीवनविज्ञानी र महामारी विशेषज्ञ सारा कोबेले भनिन्, यो भाइरस यहाँ लामो समयसम्म रहनेछ । अब प्रश्न यो छ कि, हामी योसँग कसरी सुरक्षित रहन सक्नेछौँ । उनका अनुसार, यस महामारीसँग लड्नका लागि लगातार प्रयास र राजनीतिक इच्छाशक्तिको आवश्यकता रहेको छ । एजेन्सीको सहयोगमा 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।