प्रदेश २ सरकारले ल्यायाे ३३ अर्ब ५६ करोडकाे बजेट

Jun 16, 2020 06:58 AM Merolagani

प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ९६ हजार रुपैयाँ विनियोजन गरेको छ ।

 

प्रदेश सभामा सोमबार आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रस्तुत गरेको बजेटमा कुल बजेटमध्ये चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार अर्थात ४५.९५ प्रतिशत र पुँजीतर्फ १७ अर्ब ९८ करोड ८२ लाख अर्थात ५३.६७ प्रतिशत बजेट विनियोजन गरेका हुन्।

खर्च व्यवस्थापनमा आन्तरिक स्रोतको राजश्वबाट १२ अर्ब २४ करोड २८ लाख ६० हजार रुपैयाँ र नेपाल सरकारबाट अनुदान १३ अर्ब ४० करोड ५९ हजार चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने नगद मौज्दात ६ अर्ब ९१ करोड २९ हजार रुपैयाँ गरी जम्मा ३३अर्ब ५६ अर्ब अनुमान गरिएको छ। यसमा एक अर्ब रुपैयाँ अपुग हुने र उक्त रकम आन्तरिक ऋण परचालन गरिने बजेटमा उल्लेख छ।


comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।