अजोड इन्स्योरेन्सको आईपीओ असार २५ देखि बिक्रि खुला हुने

Jul 01, 2020 07:47 AM Merolagani

अजोड इन्स्योरेन्स (AJOD) को प्राथमिक शेयर (आईपीओ) असार २५ गतेदेखि बिक्रि खुला हुने भएको छ। कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।

निष्काशन गर्न लागेको कुल ३० लाख कित्तामध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार सामुहिक लगानी कोषलाई छुट्टाइएको छ। बाँकी रहेको २७ लाख ३० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सकिनेछ।

इन्स्योरेन्सको आईपीओमा छिटोमा असार २९ गतेसम्म आवेदन दिन सकिनेछ भने त्यस अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा साउन ८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ।

इन्स्योरेन्सको आईपीओमा न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। इन्स्योरेन्सको आईपीओमा बिक्रि प्रबन्धक एनआईविएल एस क्यापिटल, लाजिम्पाट काठमाडौं, अजोड इन्स्योरेन्सको केन्द्रिय कार्यालय सुन्धारा र धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ । 

आईपीओ निष्काशनपछि इन्स्योरेन्सको चुक्तापुँजी एक अर्ब रुपैयाँ पुग्नेछ।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको आईपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ भने प्रत्याभुतकर्ता ग्लोबल आइएमई क्यापिटल तथा कुमारी क्यापिटलले रहेका छन्।

इन्स्योरेन्सको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ। ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ।

 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।