नयाँ आशा जगाउने ‘द पावर अफ ब्रोक’ को पुस्तक सारंश भाग २

Jul 01, 2020 09:02 PM Merolagani

गत साता हामीले डेमण्ड जोनद्वारा लिखित अन्तरराष्ट्रिय बेष्टसेलर पुस्तक ‘द पावर अफ ब्रोक’ को सारंशको पहिलो भाग प्रस्तुत गरेका थियौँ। निराशाले नयाँ सोँचलाई जन्म दिन्छ भन्ने प्रष्ट्याइएको यस पुस्तक सबैले नयाँ आशा जगाउने पुस्तक हो। शुरु गरौँ यस पुस्तकको सारंश भाग २।

बुँदा ४ः सच्चा बन्नाले तपाईलाई लक्ष्यमा केन्द्रित रहन मद्दत गर्दछ

तपाईको सच्चाईलाई सबै व्यक्तिहरुले ध्यान नदिन र प्रशंसा नगर्ला तरपनि तपाई आफ्नो लक्ष्यमा अडिग रहनु महत्वपूर्ण छ।

अकेजा ब्रिन्लेलाई ‘टम्ब्लर’ का कारण सबैले चिन्छन्, तर, उनी पनि नकारात्मक प्रतिक्रियाहरु प्रशस्त प्राप्त गर्छिन्। तरपनि, सामाजिक सञ्जालकी ‘सेल्फी क्वीन’ ती कुराहरुले आफुलाई रोक्न दिइन।

याद राख्नुहोस्, तपाईले सबैलाई खुशी बनाउन आवश्यक छैन, त्योभन्दा बढी महत्वपूर्ण आफुप्रति इमान्दार रहनु हो।

‘ब्रोक’ हुनुको मतलब केवल आफ्ना वस्तुहरुलाई फेन्सी बनाउनका लागि पैसा खर्च गर्न नसक्नु हो। त्यसको सट्टामा ‘ब्रोक’को पावर प्रयोग गर्नुहोस् र ‘केही पनि गुमाउन नसक्ने अवस्था’ ले नै तपाईको व्यक्तित्वमा निखार ल्याउँछ।

जब डेमण्ड जोनले फुबु शुरु गरे, उनलाई थाहा थियो कि उनी कपडा व्यवसायका मुल कम्पनीहरुसँग प्रतिस्पर्धा गर्दै छन्। तर, आफ्नो ब्राण्डमार्फत उनले थाहा पाए कि उनको समुदाय र कपडा व्यवसाय उनका लागि कति महत्वपूर्ण छ।

र, त्यो गर्नको लागि कुनै थप पैसा लागेन। वास्तवमा जोनले ‘ब्रोक’ को पावर प्रयोग गरे जसले आफ्नो समुदायलाई आफ्नो इमान्दारिता र सच्चाई देखिउन उनलाई थोरै पैसा पनि निकै बुद्धिमानी पूर्वक प्रयोग गर्न बाध्य बनायो।

हिपहप कलाकारलाई आफ्ना लुगाहरु सित्तैमा दिने पहिलो डिजाइनरहरुमध्येका एक हुन्। यसको बदलामा ती कलाकारहरुले उनीहरुको म्युजिक भिडियोमा लगाउँथे जसले फेसनको दुनियाँमा फुबुलाई बलियो बनाउन मद्दत गर्यो।

त्यसपछि, जोनले, काला जातीमा केन्द्रित एक अमेरिकी केबल नेटवर्क ब्ल्याक इन्टरटेन्मेन्ट टेलिभिजन (बेट) मा केन्द्रित भए।

यस्तो तरिकाले, जोन आफ्नो लक्षित समुदायमा सजिलै, सस्तो र सिधै पुग्न सफल भए। जब जोनले बेट शुरु गरे, नेल्सेन रेटिङ्ग कम्पनीले रेटिङ्गका लागि थोरै काला जातीका घरहरु प्रयोग गरे। जसका कारण बेटमा निकै कम दर्शकहरु भएको देखियो र त्यसैले उनीहरु विज्ञापनका लागि कम मात्र शुल्क लिन्छन् भन्ने निष्कर्श निकाल्यो।

यसले फुबुको पक्षमा काम गर्यो। किनकी यसले गर्दा नै कम खर्चमा धेरै मानिसहरु समक्ष पुग्न मद्दत गर्यो।

यो एक प्रकारको अवसर हो कि जब तपाईलाई कुनै कुरा धमिलो देखिरहेको छ भने त्यतिबेल यसमा तपाईले ध्यान दिनुपर्छ। यसले नै तपाईलाई बजारमा रहन र इमान्दार रहन अनुमति दिन्छ।

बुँदा ५ः ऋण तथा अन्य कुराले आफ्नो भिजनबाट भड्किन नदिनुहोस्

धेरै मानिसहरुले व्यवसाय गर्नका लागि ‘अन्य व्यक्तिको पैसा’ प्रयोग गर्ने विचार अभ्यस्त छ। यद्यपि, फण्डिङ्गको सोँच आकर्षक लागेपनि त्यहाँ धेरै कुराहरु छन् जसले तपाईलाई मद्दत गर्न सक्छ।

जब तपाई लगानीकर्ता खोज्न तर्फ लाग्नुहुन्छ, यो निश्चित गर्नुस कि व्यवसायमा तपाई आफ्नो पकड गुमाउनुहुन्न।

गहिरिएर सोच्ने हो भने एक लगानीकर्ता ल्याउनु भनेको आफ्नो व्यवसायको हिस्सा उसलाई दिनु हो। जसले तपाईको त्यसैपनि कम रहेको नाफालाई काट्छ या त तपाईले थाम्नै नसक्ने गरी वृद्धि हुन्छ।

त्यसको सट्टामा तपाई गिगी बट्लर बन्नुहोस् र आफ्नो भिजनमा केन्द्रित रहनुस्, त्यस्तो अवस्थामा पनि जब तपाई कुनै लगानीकर्ता नै भेट्नुहुन्न।

बैंकहरुले उनलाई पागल सोचेपनि र ऋण दिन इन्कार गरेपनि बट्लर, न्यासभिलमा कपकेक पसल खोल्ने निर्णयमा दृढ थिइन्। उनी त्यसअघि न्यासभिलको अपर क्रस्टमा एक सफाइ कर्मकारीका रुपमा कार्यरत थिइन्। त्यसैले उनको सपनामा लगानी गर्न कसैले इच्छा देखाएन।

क्रेडिट कार्डको सबै लिमिट सकिसकेपछि र आफ्नो बैंक खातामा ३० डलर मात्र बाँकी हुनेगरी खर्च गरेपछि अन्ततः उनको कपकेक व्यवसाय शुरु भयो। र, निश्चित रुपले, ग्राहकहरु लाइन लाग्न थाले।

उनले सो व्यवसायबाट आफ्ना क्रेडिट कार्डहरुको ऋण मात्र तिरेनन्, त्यसबाट उनी सो व्यवसायमा आफ्नो पूर्ण नियन्त्रण राख्न र नाफा कमाउन पनि सफल भए। अहिले गिगीका कपकेक शाखा २४ राज्यमा खेलेको छ भने वार्षिक ३५ मिलियन डलर बिक्री गर्छ।

कहिलेकाहीँ ऋणलाई नकार्न सकिँदैन, त्यसैले यसलाई आफ्नो भिजनमा बाधा बन्न नदिनुस्।

जब तपाई नाफा कमाउन थाल्नुहुन्छ, तब त्यसलाई पुनः लगानी गर्न कि त्यसमा रमाउने भन्ने प्रलोभनमा पर्ने सम्भावना हुन्छ। तर, सबैभन्दा चलाखीपूर्ण कुरा भनेको तपाईको ऋण चुक्ता गर्नु हो ताकि ब्याजदरहरुमा तपाईको कमाई नकाटियोस् र तपाईको खाता स्वस्थ र समृद्ध देखियोस्।

ऋण चुक्ता नगरेका कारण धेरै व्यवसायहरु डुबेका छन्, त्यसैले तीमध्येको एक तपाई नहुनुस्।

बुँदा ६ः ‘ब्रोक’ को पावरलाई कर्पोरेशन र सम्पूर्ण उद्योगमा लागु गर्न सकिन्छ

अहिलेसम्ममा ‘ब्रोक’ को पावरले कसरी भोका र फोकस्ड उद्यमीहरुलाई व्यवसायिक दुनियाँमा टेवा दिएको छ भन्ने हामीले देखिसकेका छौँ। तर, यस सिद्धान्तलाई मुख्य खेलाडीहरुले पनि प्रयोग गर्न सक्छन्।

सबै ठूला निगमहरु सानो व्यवसायबाट शुरु भएका हुन् र तिनीहरु सबैले त्यति सिद्धान्तलाई निरन्तरता दिनुपर्छ जसले उनीहरुलाई आजको यस स्थानसम्म ल्याई पु¥यायो।

अझैपनि, जब कम्पनीहरु समृद्ध बन्न थाल्छन्, उनीहरु समस्या पर्यो कि सिर्जनात्मक समाधानका साथ आउनुको सट्टा समस्याका लागि पैसा खर्च गर्छन्।

उदाहरणको लागि मार्केटिङ्गलाई लिउँ, तपाई विज्ञापन अभियानमा लाखौँ पैसा खर्च गर्नुहुन्छ र निशुल्क अथवा कम खर्च लाग्ने सामाजिक सञ्जाललाई बिर्सनुहुन्छ।

सामान्य व्यक्ति जो कोहीले पनि सोच्न सक्छन् कि अहिलेका उत्कृष्ट ५०० कम्पनीहरु मध्ये ३८ प्रतिशतको सक्रिय ट्वीटर एकाउण्ट छैन।

सामाजिक सञ्जाल युग अघि प्रचलित स्मार्ट अभियानहरुलाई हेरौँः

जनरल मिल्स, एक कम्पनी जोसँग धेरै मार्केटिङ्ग बजेट छ, ऊ नेचर भ्याली नामक ग्रानोला बार्स पुनः स्थापना गर्न चाहन्थे। त्यसका लागि उनीहरुले हरेक किराना पसलमा विज्ञापन राखेर लाखौँ खर्च गरे, स्की रिसोर्ट, आउटडोर गेर सपजस्ता युवाहरु आउने ठाउँहरुलाई लक्षित गरेर विज्ञापनका लागि लाखौँ खर्च गरे। त्यसपछि मात्र नेचर भ्याली जनरल मिल्सको टप सेलिङ्ग ब्राण्ड बन्न सफल भयो।

‘पावर अफ ब्रोक’ लाई जहाँ पनि लागु गर्न सकिन्छ।

सन् १९७० को शुरुवाततिर, अमेरिकाको जहाँपनि चुरोटका विज्ञापनहरु देखिन्थ्यो। रेडियो, टेलिभिजनदेखि पत्र पत्रिकासम्म, चर्चित कलाकारहरुलाई फिचर गरेर विज्ञापन गरिन्थ्यो।

पछि अमेरिकी सरकारले सुर्तीजन्य कम्पनीहरुको विज्ञापनमा रोक लगाउने मनसाय व्यक्त गर्यो। त्यहिबेला चिनीयाँ चुरोट कम्पनीहरु अमेरिकी बजारमा प्रवेश गर्ने तयारी गरिरहेका थिए।

यस्तो सम्भावित समस्यामा पैसा खर्च गर्नु र लबिङ्ग गर्नुको सट्टामा अमेरिकी कम्पनीहरुले यसलाई पैसा नै नपर्ने मौकाको रुपमा लिए, उनीहरुले सरकारको यस निर्णयलाई स्वीकार गरे। अमेरिकी ब्राण्डहरुलाई थाहा थियो कि बजारमा उनीहरुको पहिले नै बलियो पकड भइसकेको छ र बिना कुनै विज्ञापन अन्य विदेशी ब्राण्डहरु बजारमा टिक्न सक्दैनन्।

नयाँ आशा जगाउने ‘द पावर अफ ब्रोक’ को पुस्तक सारंश

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।