उपेन्द्र महताेकाे संलग्नतामा नयाँ पुनर्बीमा कम्पनी आउने,२५ प्रतिशत आईपीओ निष्काशन गर्ने

Jul 03, 2020 03:18 PM Merolagani

  • अरूण पाख्रेन

नेपालमा नयाँ पुनर्बीमा कम्पनी संचालनमा ल्याइने तयारी भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विभिन्न सार्वजनिक कार्यक्रमहरूमा नेपाल पुनर्बीमा कम्पनीले अपेक्षाकृत रुपमा काम गर्न नसकेको भन्दै नयाँ पुर्नबीमा कम्पनीकाे आवश्यक्तामा जाेड दिँदै आएका थिए ।

अर्थमन्त्रीको उक्त अभिव्यक्ति विभिन्न कार्यक्रममा बारम्बार आएपछि काठमाडौंको साकार ल फर्मले कार्ययोजना तयार पारी नयाँ पुनर्बीमा कम्पनीको प्रकृया अघि बढाएको छ । ल फर्मले  नै नयाँ पुनर्बीमा कम्पनीकाे  लगानी प्रस्ताव सबै बीमा कम्पनीहरूमा पठाएको छ ।

अन्नपुर्ण रि कम्पनीको नामबाट साकार ल फर्मले लगानीको लागि प्रस्ताव पठाएको सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले जानकारी दिए ।उनले भने,‘एउटा ल फर्मबाट नयाँ पुनर्बीमा कम्पनीको लगानीको लागि प्रस्ताव आएको छ । तर क कस्को हो ? भन्ने चाँहि खुलाइएको छैन् ।’

बजारमा नयाँ पुनर्बीमा कम्पनी सञ्चालनको तयारी भैरहदा बीमा समितिले भने अनविज्ञता प्रकट गरेकाेछ। समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले नयाँ पुनर्बीमा कम्पनी सञ्चालनमा आउनेबारे थाहा नभएको बताए ।'बाहिर हल्ला सुनेको छु। तर समितिमा आधिकारिक रुपले आएको छैन्। त्यसबारेमा समितिलाई केहि थाह छैन,'उनले भने ।

ल फर्म स्रोतका अनुसार नयाँ ल्याउने भनेको पुनर्बीमा कम्पनीमा उपेन्द्र महतो, बीरेन्द्र महताे, शाहिल अग्रवाल लगायत व्यक्तिहरुले लगानी रहनेछन् । महताे परिवारको बैंकमा ठूलो लगानी छ । बैंकपछि महताे परिवार बीमा तर्फ लगानी गर्न लागेका हुन् । उपेन्द्र महताे एनआरएनका संस्थापक अध्यक्ष हुन भने उनका भाइ वीरेन्द्र पुर्व सांसद हुन् । शाहिल अग्रवाल शंकर ग्रुपका प्रबन्ध निर्देशक हुन् ।

यस्तै अन्य समुह पनि पुनर्बीमा कम्पनीमा लगानी गर्न आकर्षित रहेको बुझिएको छ। विभिन्न कार्यक्रमहरुमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले पनि पुनर्बीमा कम्पनीमा लगानी गर्न चाहेको अभिव्यक्ति दिने गरेका छन् ।

साकार ल फर्मका सञ्चालक भानुभक्त पोखरेलले लगानीको लागि प्रस्तावहरु पठाउने कामहरु भइरहेको मरोलागनीलाई जानकारी गराए ।‘हामीले लगानीका लागि प्रस्तावहरु पठाएका छौं । लकडाउनले गर्दा अहिले नै प्रतिवद्धताहरु आएको छैन् । तर धेरै जनाले बुझ्न खोजिरहनु भएको छ ।’ उनले भने । 

लगानी प्रस्तावमा ७५ प्रतिशत संस्थापको र २५ प्रतिशत सर्वसाधारणको लगानी हुने गरी चुक्ता पूँजी १० अर्ब रुपैयाँको कम्पनी प्रस्ताव गरेको छ ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।