काेभिड-१९ का कारण ९८ दिनपछि खुलेकाे शेयर बजार र लगानीकर्ताकाे समस्या, परिसूचकमा देखिएकाे उतार चढाव, सरकार, नियामक निकायबाट भएका सुधारका प्रयास लगायतका बिषयमा प्रधानसँग मेराे लगानीका उप सम्पादक सुवास निराैलाले कुराकानी गरेका छन् ।
लामो समयपछि शेयर बजार खुल्यो, खुलेसँगै फराकिलो अंकको घटबढ पनि देखिएको छ। यसलाई कसरी लिनुभएको छ ?
लामो समयपछि शेयर बजार खुल्दा लगानीकर्तालाई कुन बिन्दुसम्म बजार पुग्ने हो भन्ने कौतुहलता बढी नै थियो। लगानीकर्ताले बजार कति तल सम्म जान्छ भन्ने अनुमान नै गर्न सकिरहेका थिएनन्। तर धितोपत्र बोर्ड, सरकार वा राष्ट्र बैकले घट्ने क्रम रोकियोस् भन्ने चाहेको थियो। उसले चाहे अनुसार नै घट्ने कारण पत्ता लगाएर जुन भूमिका बजारमा खेल्यो, त्यसले केही हदसम्म काम गर्यो। जस्तै सरकारले पाँच प्रतिशत तिरिएको करलाई अन्तिम कर मान्यो, बोर्डले खातामा भएको शेयर मात्रै बेच्न पाइने नियम बनायो, राष्ट्र बैंकले १० लाखको सीमा हटायो। यी सबै कुरा बजारका लागि सकारात्मक पक्ष भए।
तर एउटा हितग्राही (डिम्याट) खातालाई एउटा डिम्याट भन्ने जुन नियम लगाइयो, त्यो नियमले बजार खुलेको सुरुवाती दुई/तीन दिन लगानीकर्ता अलमलिए। उनीहरूले शेयर कसरी बेच्ने भन्ने नै थाहा पाउन सकेनन्। फेरि ब्रोकरहरूले पनि स्पष्ट गरी बुझाउन सकेनन्। उनीहरू पनि अलमलिएकै जस्तो देखियो। किनकि उनीहरूले शेयर खरिद बिक्री भएपछि मात्रै थाहा हुन्छ भनिदिए। त्यसले शेयर बेच्न चाहनेले पनि शेयर बेच्न पाएनन्। बेच्न सक्ने स्थिति नहुँदा पहिलो दिन बजार सुरुवाती कारोबारमा स्वाट्टै घट्यो।
तर पछि फेरि बजार सुधारिएको थियो। बजार फर्किएपछि अर्काथरी लगानीकर्ताले त्यो बिन्दुभन्दा तल बजार नजाने रहेछ भन्ने अनुमान लगाए। बजार अब बढ्छ भन्ने एक किसिमको विश्वास लगानीकर्तामा देखियो। त्यसले दुई दिन बजार बढेर गयो।
सहज रुपमा शेयर बिक्री गर्ने वातावरण बन्न नै दुई तीन दिन लाग्यो । सहज तरिकाले शेयर बिक्री गर्ने वातावरण बनेपछि सबैले आफ्नो शेयर बिक्रीमा राखे। जसको परिणाम स्वरूप बिहीबार फेरि उल्टो सर्किट लागेको हो।
यता पहिलो तीन दिन शेयर बेच्न नपाएका लगानीकर्ताको शेयर चौथो दिन बजारमा आयो। किनकि ती लगानीकर्ताको शेयर धितोमा थियो। उनीहरूले बैंकमा गएर फुकुवा गर्ने, ब्रोकरकोमा गएर फुकुवा गर्ने गरे । शेयरको हिसाब किताब नमिलाएकाको ब्रोकरकै खातामा शेयर थियो। उनीहरूले हिसाब किताब गरेपछि उनीहरूको शेयर पनि खातामा आयो।
सहज रुपमा शेयर बिक्री गर्ने वातावरण बन्न नै दुई/तीन दिन लाग्यो। शेयर बिक्री गर्ने वातावरण बनेपछि सबैले आफ्नो शेयर बिक्रीमा राखे। जसको परिणाम स्वरूप बिहीवार फेरि उल्टो सर्किट लागेको हो।
आजकाल धेरै ब्राेकरहरूलाई करोडौँ करोड रुपैयाँ बैकले ऋण लिने सुविधा दिएको छ। उनीहरूसँग करोडौँ रुपैयाँको लिमिट छ। त्यो लिमिटलाई प्रयोग गर्दा पनि बजार अति छिटो उफ्रिएको हो।
अर्को कुरा यतिबेला ब्राेकरसँग नै टाइअप हुने लगानीकर्ता पनि बजारमा छन्। तपाइको लिमिटलाई प्रयोग गर्न दिनुस्, तपाईले कमिशन पनि पाउनुहुन्छ, मैले कमाएको बापत वा मैले तपाईको लिमिट प्रयोग गरेबापत व्याज पनि तिरौला,थोरै नाफा पनि बाडौला भनेर, ब्रोकरको कन्फिडेन्समा भएका केही साथीहरूले उनीहरूसँग भएको लिमिट चलाउने प्रचलन समेत नेपालमा बढेको छ।
सुरुवाती दिनमा उल्टो सुल्टो सर्किट असाध्यै छिटो भयो नि, यसको कारण चाहिँ के हो ?
मेरो आफ्नो बिचारमा यो अप्स एन्ड डाउन किन छिटो भयो भने नेपालको शेयर बजारको प्रवृत्तिले काम गर्छ। तपाइले योभन्दा अघिका कारोबारलाई हेर्नुभयो भने के देख्नुहुन्छ भने, १२ सयको इन्डेक्स १७ सय पुग्न बेरै लागेन। बढेको बढ्यै माथि गयो। फेरि घट्न सुरु गरेपछि घटेको घट्यै गर्यो। नेपालको शेयर बजारको ट्रेन्ड नै यस्तै छ। फेरि अटोमेशन पनि भयो। सेल्फ ट्रेडिङ पनि भयो त्यसले पनि छिटो छिटो कारोबार गर्न सहयोग गरेको छ।
अर्को महत्त्वपूर्ण कुरा छ, आजकाल धेरै ब्रेाकरहरूलाई करोडौँ करोड रुपैयाँ बैकले ऋण लिने सुविधा दिएको छ। उनीहरूसँग करोडौँ रुपैयाँको लिमिट छ। त्यो लिमिटलाई प्रयोग गर्दा पनि बजार अति छिटो उफ्रिएको हो।
अर्को कुरा यतिबेला ब्रेाकरसँग नै टाईअप हुने लगानीकर्ता पनि बजारमा छन् । तपाइको लिमिटलाई प्रयोग गर्न दिनुस्, तपाइले कमिशन पनि पाउनुहुन्छ, मैले कमाएको बापत वा मैले तपाइको लिमिट प्रयोग गरे बापत व्याज पनि तिरौला, थोरै नाफा पनि बाडौला भनेर, ब्रोकरको कन्फिडेन्समा भएका केही साथीहरूले उनीहरूसँग भएको लिमिट चलाउने प्रचलन समेत नेपालमा बढेको छ।
मैले लिएको लिमिटबाट निर्मल दाईलाई नै दुई करोडको शेयर किनिदिन्छु । उहाँले चार/पाँच दिनमा शेयर आएपछि तिरिहाल्नु हुन्छ। ६५ प्रतिशत आइहाल्छ बाँकी रहेको ३५ प्रतिशत रकम निर्मल दाईले तिरिहाल्नु हुन्छ । त्यो कन्फिडेन्समा पनि त मैले कारोबार गर्न सक्छु ।
त्यो हिसाबले पनि लगानी भएको छ। दुई दिन बढ्दा पनि अघिल्लो दिन बढेको मुनाफा त आयो नि । ६१० रुपैयाँमा किनेको शेयर ७७० रुपैयाँ पुग्यो। एक दिन घटेर ६७० रुपैयाँमा आयो त्यसलाई बेच्दा पनि त फाइदै छ नि। यसरी प्रफिट गेन गरिरहेका छन् लगानीकर्ताहरूले। त्यसकारण बजार छिटो-छिटो बढेको हो ।
यस्तो बेलामा साना-साना लगानीकर्ताहरूले ह्विममा आएर शेयर खरिद गर्न चाहिँ हुँदैन। किनभने बिस्तारै बिस्तारै धैर्य रुपमा कारोबार वृद्धि हुँदै जाँदा त्यो दिगो हुन्छ। एकै दिनमा सर्किट लाग्ने भोलि फेरि सर्किट लागेर घट्ने स्थितमा साना लगानीकर्ताले ख्याल गर्नुपर्छ।
उद्योगमा लगानी गर्ने मान्छेहरू, होटेलका मान्छेहरू,पर्यटनका मानिसहरू, शेयरमा लगानी गर्ने हामी त छँदै छौ, अरू क्षेत्रमा लगानी गर्ने साथीहरू पनि यहाँ आएका छन्। किनकि पैसा त सबैसित छ अहिले। बैकसँग अर्बौ रुपैयाँ क्यास फ्लो छ।
छिटो छिटो बजार उफ्रिनुको मुख्य कारण चाहिँ के हो ?
अहिले एक्चुअल कारण चाहिँ के हो भने चार-चार महिनासम्म कोभिडको कारण सबै घरमा बसीरहेको अवस्था छ। यतिबेला सबै व्यवसाय धरापमा परेका छन्। मैले पहिले पनि भन्दै आएको छु, नेपालको शेयर बजारमा वा नेपालमा सबैभन्दा छिटो रिभाइभ हुने क्षेत्र भनेको शेयर बजार हो।
उद्योगमा लगानी गर्ने मान्छेहरू, होटेलका मान्छेहरू, पर्यटनका मानिसहरू, शेयरमा लगानी गर्ने हामी त छँदै छौ, अरू क्षेत्रमा लगानी गर्ने साथीहरू पनि यहाँ आएका छन्। किनकि पैसा त सबैसित छ अहिले। बैकसँग अर्बौ रुपैयाँ क्यास फ्लो छ ।
फेरि शेयर बजारमा अहिले इन्डेक्स भनेको बटम लेभल हो। बटम लेभल भन्दा तल आएको इन्डेक्स हो। दुई दिन सर्किट लागेपछि नर्मल लेभलमा त अहिले पनि बजार आइपुगेको छैन। त्यसकारण बाहिरका साथी समेत बजार पसेका छन्।
अहिले त असार मसान्तमा व्याज मिलाउनुपर्छ। त्यसको लागि अलि अलि शेयर पनि बेचौँ, आफ्नो गर्जो पनि टारौँ भनेर गरेको हो। बैकले पनि आर्थिक वर्षको अन्त्यमा ऋण लगानी गर्दैनन् नि।त्यसकारण साउन लागेपछि र मौद्रिक नीतिले क्लियर गरेपछि त मान्छेहरू कहाँ जाने? यही त आउने हुन् नि।
कस्ता-कस्ता मानिस बजारमा आएका छन् ?
सबै क्षेत्रका मानिस आएका छन्। चाईनाको व्यापार गर्ने व्यापारीले शेयरमै लगानी गरेका छन् । इन्जष्ट्री लाग्नेहरू शेयरमै लागेका छन्। अझै मौद्रिक नीति पछि बजारमा पैसाको छेलो खेलो हुन्छ । त्यो छेलो खेलोको बलमा शेयर बजार बुलिस ट्रेन्डमा गईहाल्छ नि। क्वान्टिटि चाहिँ लिमिट छ, तर शेयर किन्ने बढी हुनेछन्। यतिबेला एक हजार कित्ता शेयर किन्ने हैसियत जसले पनि राख्छ। तर बजारलाई करोडौँ कित्ता शेयर चाहिन्छ । डिमान्ड भन्दा सप्लाई थोरै हुने बित्तिकै शेयर बजार माथि गई हाल्छ नि।
कुनै दिन बैंकका कर्मचारी टाई लगाएका गुन्डा हुन् भन्नु भएको थियो। अहिले कस्तो छ बैंकको व्यवहार?
यतिबेला बैंकहरूले ऋण तिरिहाल्, मार्जिन तिरिहाल् भने जस्तो लाग्दैन। धेरै लगानीकर्तालाई मैले पनि के भनिदिएको छु भने, कुनै पनि बैकहरूले तपाईँहरूलाई ऋण तिर मार्जिन तिर भन्यो भने तिर्नु पर्दैन। छ भने तिर्नुस्, छँदै छैन भने अहिलेको परिस्थितिमा कुनै पनि बैकले लगानीकर्ताको शेयर अक्सन गर्दिने, धितोबाट शेयर बेचिदिन भने सक्दैन ।
किन गर्न सक्दैन ?
किन गर्न सक्दैन भने, त्यसरी बेच्न ३५ दिनको सूचना दिनुपर्यो। ३५ दिनको सूचना नदिएसम्म शेयर बेच्न पाइँदैन। यता सर्वोच्च अदालतको नजिर नै आईसकेको छ नि । कुनै बैंकले पैसा तिर भन्यो भने त त्यही नजरले काम गरिहाल्छ नि ।
तर खप्टने त भयो ?
खप्टने त भयो । तर खप्टदा के फरक त? वर्षमा १० प्रतिशत त खप्टिने हो। अब ब्याजदर पनि १० प्रतिशत भन्दा पनि तल आइसक्यो। या बजार एक दिनमा कम्पनीको शेयर १० प्रतिशत माथि जान्छ। मेराे कुरा बुझ्नुभयो ( हाँस्दै)
मैले एक करोडको लोन लिएको छु भने एक वर्षमा मैले १० प्रतिशत सहित एक करोड १० लाख रुपैयाँ तिर्नुपर्ने भयो। एक करोडको शेयर एक वर्षमा डेढ करोडको हुन्छ। डेढ करोडको शेयरमा २० प्रतिशत बढ्ने बित्तिकै तीस लाख रुपैयाँ त आइहाल्यो। त्यो तीस प्रतिशत त साउनमा १०० प्रतिशत माथि जान्छ। त्यसले कभर अप गर्छ। मेरो आफ्नो व्यक्तिगत क्यल्कुलेशन हो है । यो फेरि अन्यथा नलिनु होला ।
मौद्रिक नीति आउँदै छ, मौद्रिक नीतिले शेयर बजारलाई कस्तो सम्बोधन गर्नुपर्छ ?
नेपाल राष्ट्र बैकले शेयर बजारलाई गर्नुपर्ने सबै सम्बोधन गरिसकेको छ। अब ६५ प्रतिशतको मार्जिन सीमालाई ७५ प्रतिशत पुर्याइदिए पुग्छ। ब्याजदर घटिहाल्यो। दुई प्रतिशत ब्याजदर घटाईसकेको छ। पूनरकर्जामा पाइने सहुलियत शेयर बजारले पाउने कुरा भएन। ६५ लाई ७५ प्रतिशत पुर्याइदिए शेयर बजारलाई ठुलो राहत हुन्छ। गरिदिनु पर्छ पनि भन्छु म। किनकि शेयर लगानीकर्ताले आखिर ऋणै लिने हो। शेयरको मूल्य पनि निकै कम नै छ। जसले जोखिम पनि उत्ति साह्राे छैन । फेरि शेयर अचाक्ली बढ्यो भने रिभाइभ गरे भईहाल्छ। बजार चलायमान गर्न पनि यसो गर्नुपर्छ। शेयर बजार माथि उठ्यो भने अरू क्षेत्रलाई पनि सहयोग पुग्छ। त्यही कारण यत्रो सबै व्यवस्था त राष्ट्र बैंकले गर्यो भने यति त के नगर्ला र? यो भन्दा बढी लगानीकर्ताले आशा पनि गर्नु हुँदैन।
यदि यो विषय सम्बोधन भयो भने अहिलेका अर्थमन्त्री, धितोपत्र बोर्डका अध्यक्ष, नेपाल राष्ट्र बैकका गभर्नरकाे नाम शेयर बजारको इतिहासमा सुनौलो अक्षरले लेखिनेछ ।
बैकले दिएको व्याज छुट तपाईले पाउनु भएको छ ?
कोही बैंकले वैशाख एक गते देखि नै दुई प्रतिशत व्याज छुट गरिदिएको छ, कसैले जेठ एक गते देखि गरिदिएको छ। तर उसको बेस रेट भन्दा तल चाहिँ गरेको छैन।
तपाई त ठूलो लगानीकर्ता, बैंकले कति प्रतिशत व्याजमा लोन दिएका छन् ?
सबै बैंकको अहिलेको व्याज दर १० प्रतिशत भन्दा तलै छ। अर्थमन्त्री जी ले सिङ्गल डिजिटमा ब्याजदर भन्नु भएको थियो नि, अहिले करिब/करिब सिङ्गल डिजिटकै ब्याजदर छ। मैले ९ दशमलव को हाराहारीमै पाएको छु।
अहिले ठूला साना सबैलाई अप्ठ्यारो परेको विषय चाहिँ के हो ?
अहिले अप्ठ्यारो परेको विषय एउटा ब्रोकर एउटा डिम्याट भन्दियो। मैले करोडौँ रुपैयाँ शेयर लोन उपभोग गरेको छु। अब हेर्नुस् है कस्तो समस्या छ भने जुन बैंकबाट लोन लियो, त्यही बैंकको क्यापिटलमा शेयर राख्नुपर्ने हुन्छ। जति वटा बैंकबाट लोन लियो उति नै वटा क्यापिटलमा शेयर रोक्का राख्नुपर्छ। जुन बैंकबाट लोन लियो त्यही बैंकको क्यापिटलमा डिम्याट खाता खोल्नुस् भन्छन्। मैले चारवटा बैकबाट लोन लिएको छु। शेयर कारोबार गर्दा एउटा ब्रोकर कहाँ एउटै डिम्याट खाता चल्छ। मेरो शेयर अर्को तिर डिम्याटमा छ। अनि कसरी कारोबार गर्ने? यसलाई सहजीकरण गरिदिनु पर्यो।
त्यसको लागि डिजिटल केवाइसिलाई अनिवार्य गर्नुपर्छ। त्यसले जतिवटा डिम्याट खाता भएपनि म निर्मल प्रधानलाई उसले चिनी हाल्छ। यसरी मल्टिपल डिम्याट चलाउन दिनुपर्छ । यो मेरो मात्रै समस्या नभएर म जस्ता थुप्रैको समस्या हुन्। यो समस्यालाई बोर्डले तुरुन्त समाधान गरिदिनु पर्यो। जब मलाई डिजिटल केवाइसिले चिनीहाल्छ भने थुप्रै ठाउँमा डिम्याट कारोबारमा किन नचलाउने? यसलाई रोकेर राख्नुपर्ने म देख्दै देख्दिन ।
शेयर धितो फुकुवा गरेर मात्रै शेयर बेच भनिदियो अर्को सिङ्गल डिम्याट मात्रै चलाऊ भन्दिएको छ। यो समस्या चाहिँ समाधान हुनैपर्छ।
शेयर बजारका सन्दर्भमा वा लगानीकर्ताको संरक्षण नै गर्नुर्छ भनेर सरकारबाट, नेपाल राष्ट्र बैकबाट, धितोपत्र बोर्डले त दिलो ज्यानै दिएर लागेको छ। धितोपत्र बोर्डको ढुङ्गाना सरले त हामीले सोचे भन्दा बढी उहाँले सहयोग गरिरहनु भएको छ। राष्ट्र बैकका गभर्नरबाट पनि लगानीकर्तालाई राहत हुने किसिमले मौद्रिक नीति मार्फत सम्बोधन गरिदिन्छौ भनेर अभिव्यक्ति दिईरहेको पाएका छौ । अर्थ मन्त्रालय र अर्थमन्त्री पनि पोजेटिभ नै देखिनु हुन्छ।
तपाईले सरकारको शेयर बजारलाई हेर्ने दृष्टिकोण कस्तो देख्नु भएको छ?
शेयर बजारका सन्दर्भमा लगानीकर्ताको संरक्षण नै गर्नुपर्छ भनेर सरकारबाट, नेपाल राष्ट्र बैंकबाट, धितोपत्र बोर्डले त दिलो ज्यानै दिएर लागेको छ। धितोपत्र बोर्डको ढुङ्गाना सरले त हामीले सोचे भन्दा बढी सहयोग गरिरहनु भएको छ। राष्ट्र बैकका गभर्नरबाट पनि लगानीकर्तालाई राहत हुने किसिमले मौद्रिक नीति मार्फत सम्बोधन गरिदिन्छौ भनेर अभिव्यक्ति पाएका छौ। अर्थ मन्त्रालय र अर्थमन्त्री पनि पोजेटिभ नै देखिनु हुन्छ।
आज एउटा कुरा बोल्दिने अनि भोलिपल्ट आएर यसो गर्नुस् भन्दिने प्रवृत्ति अलि ठिक भएन। भर्खरै असार मसान्तको व्याज लिनु साँवा चाहिँ लम्ब्याईदिनु भन्ने खबर आयो। यसाे हाे भने त असार मसान्तको व्याज तिर्नुपर्छ। मान्छेले बल्ल बल्ल चैत मसान्तसम्मको व्याज तिरेका छन्। यस्तो बेलामा असार मसान्तको व्याज असार मसान्त मै तिर भन्ने, तिर्न सकेन भने के गर्ने नि? असार मसान्तमा व्याज तिर्न सकेन भने साउन एक गते उसको शेयर अक्सनमा निकाल्ने त होइन हाेला नि ।
ल साउनको एक गते नै अक्सन गर्दा पनि भदौको पाँच गतेसम्म समय दिनुपर्यो। भदौ पाँच गतेसम्म शेयर बेचेर बैंकलाई व्याज त तिरिहाल्छ। व्याज तिरिसकेपछि असार मसान्तमा व्याज नआएको हुनाले साउनमा आएको ब्याजलाई मुनाफामा राख्न नपाइने भन्दियो भने त बैंकको मुनाफामा यसले इफेक्ट पार्छ। बैकको नाफामा समस्या पार्यो भने त बैंकले यो बर्षमा दिने लाभांशमा असर पर्छ, त्यसको इफेक्ट शेयर बजारमा पर्छ।
अहिले सरकारले चैतको साँवा व्याज असार मसान्तमा तिर भन्या जस्तै असारको असोज मसान्तमा तिर भन्नु पर्छ, बैँकले पनि त्यो मुनाफामा राख्न पाउने व्यवस्था गर्नुपर्छ । वाच लिस्टमा राख्नु पर्दैन वा ब्याड लोनमा राख्नु पर्दैन, प्रभिजिनिङ गर्नु पर्दैन भन्यो भने सबै लगानीकर्ताले, सबै ऋणीहरूले व्याज तिरौँ, व्याज तिरे बैंकलाई मुनाफा हुन्छ भनिहाल्छन् नि। मुनाफा भयो भने उसले हामीलाई बोनस शेयर र नगद लाभांश राम्रो दिन सक्छ भन्ने हुन्छ। त्यसो गरेमा राम्रो हुन्छ के। त्यत्ति गर्दियो भने चाहिँ सुन माथि सुगन्ध नै हो।
तर अहिलेको स्थितमा चाहिँ सरकार, धितोपत्र बोर्ड अथवा नेपाल स्टक एक्सचेन्ज, राष्ट्र बैक बजारका लागि सबै पोजेटिभ नै जस्तो लाग्छ है। लगानीकर्ताले दुई पैसा कमायो भने बाहिर जाँदैन। यही बैकिङ क्षेत्रमै रोलिङ हुने हो। त्यो कारणले मैले त सबै पोजेटिभ नै देखेको छु।
म त सधैँ पोजेटिभ माइन्डेड भएकोले अरू अरू क्षेत्र उकास्नलाई गाह्रै भएपनि शेयर बजार त चाडै उक्सन्छ। मैले तपाईँलाई पहिले पनि भनेकै थिए, शेयर बजारले अब साउन, भदौ र असोज लागेपछि, कोभिड-१९ जहाँसुकै गएपनि शेयर बजारलाई माथि जान कसैले रोकेर रोकिँदै रोकिँदैन। यो मेरो नितान्त व्यक्तिगत स्पष्ट धारणा।
शेयर बजार अब कहाँ पुग्ला ?
म त सधैँ पोजेटिभ माइन्डेड भएकोले अरू अरू क्षेत्र उकास्नलाई गाह्राे भए पनि शेयर बजार त चाँडै उक्सिन्छ। मैले तपाईँलाई पहिले पनि भनेकै थिए, शेयर बजारले अब साउन, भदौ र असोज लागेपछि, कोभिड १९ जहाँसुकै गएपनि शेयर बजारलाई माथि जान कसैले रोकेर रोकिँदै रोकिँदैन। यो मेरो नितान्त व्यक्तिगत स्पष्ट धारणा।
बजार सुधार नगरिएको कारण लामो समय बन्द गर्नु परेको भनिन्छ। आखिर सुधार गर्नुपर्ने विषय के हुन्?
मेरो बिचारमा सरकार फाइन्सएल्ली साउन्ड छैन। कोभिडकै बिरामीलाई त उपचार गर्न सरकारसँग पैसा छैन। अनि शेयर बजार अन्तर्राष्ट्रिय स्तरको हुनुपर्छ भनेर यतिखेर माग गर्ने होइन। त्यतातिर अहिले हामीले सोच्नै हुँदैन। जे जस्तो भए पनि यतिबेला जस्तो सुविधा दिएको छ त्यो काफी छ। काफी छ भनेर थन्किएर बस्ने भन्ने पनि होइन । सुधार गर्न सकिले कुरा सुधार गर्दै लैजानु पर्छ।
तर मेरो बिचारमा लगानीकर्ताले पनि सरकारलाई यो गर्दिनु पर्छ त्यो गर्दिनु पर्छ भनेर यो स्थितिमा भन्नु हुँदैन।
किनकि सरकारले शेयर बजारलाई बेला-बेलामा अनुत्पादक क्षेत्र भन्दै आएको छ। यस्तो अवस्थामा यो क्षेत्रमा सरकारले लगानी गर्ला त? नचाहँदा नचाहँदै उसले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषले ८/१० अर्ब रुपैयाँ बजारमा लगाउँदै छन्। हामी लगानीकर्ताका लागि त्यो राम्रो पक्ष हो। यस्तो बेलामा बाहिरबाट १० अर्ब इन्जेक्ट भयो भने बजारमा त्यसले धेरै उछाल ल्याउँछ।
तपाई लामो समयदेखि बजारमा हुनुहुन्छ। ठूला लगानीकर्ताको रुपमा परिचित तपाईले भनेका कुराले मार्केट गाइड पनि गर्छ। जाँदा जाँदै साना लगानीकर्तालाई केही भन्न चाहनुहुन्छ ?
म त लगानीकर्तालाई मात्रै होइन अन्य क्षेत्रमा लगानी गर्ने साथीहरूलाई के निवेदन गर्छु भने नेपालको शेयर बजारको विषयमा मैले जानेसम्म, मैले बुझेसम्म नेपालको शेयर बजार भनेको एउटा साइकल हो। ६ वर्षमा साइकलमा बुल ट्रेन्ड र बियर ट्रेन्ड आउँछ। जसरी ५५/५६ सालमा बुलिस र बियर ट्रेन्ड आयो, ६२ मा आयो, त्यसपछि ७२/७३ सालमा आयो। त्यसपछि १८८१ बाट घट्दै घट्दै आएको छ। यो साढे तीन वर्ष भईसक्यो। अहिलेको इन्डेक्स भनेको एक दम बटम लेबल हो। यो बेलामा जाे सुकै साथीहरूले पनि गरेको अन्य व्यवसायले ६ महिनापछि मात्रै सास फेर्न सक्ला त्यसैले ६ महिना सम्म तपाइको क्यासलाई शेयर बजारमा लगाउनु भयो भने कमसेकम तपाईको पैसा ६ महिना भित्रमा डबल नै भएन भने पनि ५० प्रतिशत चाहिँ बढ्छ।
भन्नुको मतलब आउने ६ महिनामा १२ सयको इन्डेक्स १८ सयमा चाहिँ पुग्छ। यो मेरो क्यलकुलेशन हो। पुस मसान्तसम्ममा यो इन्डेक्स १८ सय पुग्नुपर्छ है। त्यो भन्दा अगाडि पनि पुग्नसक्छ। किनभने अन्य क्षेत्र जाने कुनै बाटो नै छैन।
शेयर बजार घट्दै छ, अझै घट्छ भन्नुभयो भनेर शेयर किन्नु भएन भने तपाईको हातमा शेयर नपर्न सक्छ। तपाइले ठुलो क्वान्टिटिमा शेयर लिने भए त यो इन्डेक्समा पनि लिनुपर्यो। घट्दा पनि लिनु पर्यो। अझै घट्यो फेरि किन्नुपर्यो। अनि एभरेजमा चलाउनुपर्छ। तल्लाे लेबलमा त तपाईले भनेको क्वान्टिटि त पाउनुहुन्न। फेरि एक/दुई सय वा एक हजार कित्ता मात्रै किन्ने हो भने त जहिले किने पनि हुन्छ। तपाईलाई एक दुई लाख कित्ता नै किन्नुपर्ने भयो भने त म भन्छु आजै सोच्नुस्। १३ सयको शेयर किनेर १२ सयमा आयो भनेर खिन्न हुनुपर्ने अवस्था छैन। तपाईसँग पैसा छ भने यो घटेको मौकामा फेरि शेयर किन्दै जाने, कष्ट अफ फन्डलाई ब्यालेन्समा राख्नुपर्छ। शेयर बजारका लगानीकर्ताको भविष्य उज्वल छ जस्तो लाग्छ। त्यसैले लगानी गर्नुहोस् तर लगानी सुरक्षा गर्न भने नबिर्सिनुहोस्।