सिटिजन्स र सहयोगीको एकीकृत कारोबारको शुरु

Jul 05, 2020 02:31 PM Merolagani

सिटिजन्स बैंक र सहयोगी विकास बैंकले असार २० गते बाट एकीकृत कारोबार थालेका छन् । नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारकोे कार्यालयको स्वीकृति पश्चात शनिबार देखि बैंकले एकिकृत काराेबार थालेकाे हाे ।

सिटिजन्स बैंकका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरेका हुन् ।

आषाढ १९ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ९१ अर्ब ३५ करोड रुपैयाँ र सर्वसाधारणलाई दिएको ऋण लगानी ७९ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा १०९ पुगेको छ । हाल सिटिजन्स बैंकको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।

धनुषा, महोत्तरीमा हाल ४ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आएको यस बैंकले अब उपरान्त कुल १७ वटा शाखाहरुबाट उच्चस्तरीय वित्तीय सेवाहरु थप परिस्कृत रुपमा प्रदान गर्नेछ जसबाट यस क्षेत्रका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

सिटिजन्स बैंकका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले यस प्राप्ति पश्चात बैंकको आन्तरिक वित्तीय, मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने र मर्जर तथा प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।

मुख्यत प्रदेश नं २ मा सेवा दिदैँ आएको साबिकको सहयोगी विकास बैंक लिमिटेडको १३ वटा शाखाहरु गरी यस प्रदेशमा बैंकले कुल २१ वटा शाखााहरुबाट सेवा प्रदान गर्नेछ। बैंकले करिव साढे पाँच लाख ग्राहकवर्गलाई वित्तीय सेवा प्रदान गर्दे आएकोमा अबबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई सेवा प्रदान गर्नेछ। यस प्राप्ति पश्चात सिटिजन्स बैंकको प्रदेश नं २ मा उपस्थिति झन् दरिलो हुने बैंककाे विश्वास छ।

२०६४ बैशाख ७ गते देखि २० औं वाणिज्य बैंकको रुपमा बैकिङ्ग कारोबार शुरु गरेको सिटिजन्स बैंकले यस अगावै नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त संस्था पिपल्स फाइनान्स लिमिटेड, नेपाल हाउसिङ्ग एण्ड मर्चेण्ट फाइनान्स लिमिटेड र प्रिमियर फाइनान्स लिमिटेडलाई प्राप्ति गरिसकेको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।