ढलमा भेटिएको कोरोना भाइरसले मानिसमा संक्रमण सर्न सक्दैन : स्वास्थ्य मन्त्रालय

Jul 05, 2020 05:07 PM Merolagani

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडाैंकाे ढलमा भेटिएको कोरोना भाइरसको पहिचान भएपनि यसको माध्यमबाट मानिसमा भाइरस संक्रमण सर्न नसक्ने जानकारी दिएकाे छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ढलकाे पानीको माध्यमबाट भाइरस संक्रमण मानिसमा सर्ने  पु्ष्टि भएको छैन । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार काठमाडौंको ढलमा कोरोना भाइरस भेटिएता पनि रोग सार्न सक्ने देखिँदैन।

उनले भने,'सामान्य तापक्रमको पानी क्लोरिन जस्तै जिवाणु नाशक औषधी राखिएको फोहोर पानी अर्थात अस्पतालबाट निस्कने ढलकोे पानीमा कोरोना भाइरस दुई दिनसम्म बाँच्ने गरेको पाइएको छ । तरपनि अन्य रोगको संक्रमण हुनसक्ने संभावना रहेकाले ढलको प्रशोधन र व्यवस्थापन हुन जरुरी छ ।'

यद्धपी कोभिड १९ को अंश ढलको पानीमा भेटिदैंमा समुदायमा संक्रमण फैलिएर जटिल अवस्था सिर्जना भयो भन्न नमिल्ने पनि उनले बताएका छन् । उनले ढलको व्यवस्थापन गर्ने कर्मचारीलाई उचित सतर्कता तथा सावधानी अपनाउन अनुराेध गरेका छन्।

हाल भेटिएको  भाइरसको थप अनुसन्धान मन्त्रालयले गर्ने पनि प्रवक्ता गाैतमले जानकारी दिएका छन् । ढलको पानीमा काेराेना भाइरस देखियो भन्दैमा नआत्तिन र नडराउन पनि मन्त्रालयले आग्रह गरेको छ ।                                                                                                                 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।