साधना लघुवित्तको आइपीओमा पहिलो दिनमै पर्यो करिब साढे चार गुणा बढी आवेदन

Jul 05, 2020 05:19 PM Merolagani

साधना लघुवित्तले असार २१ गते, आइतबारदेखि सर्वसाधारणमा जारी गरेको आइपीओमा पहिलो दिन नै करिब साढे चार गुणा धेरै आवेदन परेको छ।

लघुवित्तको आइपीओ आइतबार साँझ पाँच बजेसम्ममा १ लाख ७ हजार ८१४ जना आवेदकबाट २७ करोड ९७ लाख ९७ हजार रुपैयाँ बराबरको २७ लाख ९७ हजार ९७० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। यो बिक्रीमा ल्याइएको शेयरको ४.२२ गुणा धेरै हो।

लघुवित्तले आइतबारदेखि प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो। कुल शेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ। बाँकी ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको हो।

लघुवित्तको उक्त आईपीओमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ। आईपीओमा न्यूनतम १० कित्तादेखि एक हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

लघुवित्तको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ भने मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ। लघुवित्तको यस आइपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।