मिर्मिरेले गर्यो नागबेलीलाई प्राप्ती गर्ने प्रस्ताव पारित, एक्विजिशनपश्चात ५० प्रतिशत हकप्रद जारी गर्ने

Jul 05, 2020 06:23 PM Merolagani

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) ले नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गर्ने प्रस्ताव पारित गरेको छ। लघुवित्तको असार २० गते तिनकुने, काठमाडौंमा आयोजित विशेष साधारण सभाले सो प्रस्ताव पारित गरेको हो।

सभाले १ः०.९५ शेयर स्वाप अनुपात हुने गरी नागबेली (NBBL) लाई प्राप्ती गर्ने प्रस्ताव पारित गरेको हो। मिर्मिरेको चुक्तापूँजी १९ करोड ९१ लाख ६० हजार र नागबेलीको समायोजित चुक्तापूँजी २० करोड ७ लाख १२ हजार गरी चुक्तापूँजी जम्मा ३९ करोड ९८ लाख ७२ हजार हुनेछ ।

सभाले समायोजन पश्चात हुने चुक्तापूँजीको २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ।

नागबेली लघुवित्तका १० जिल्लामा हाल ३७ शाखाहरु छन् भने मिर्मिरेका स्वेडा लघुवित्तलाई एक्वायर गरेपछि ६४ शाखा भएकोले नागबेलीसँगको एकिकृत कारोबार पश्चात दुबै लघुवित्तको कार्य क्षेत्र अलग भएकाले शाखा संख्या जम्मा १०१ हुनेछ।

लघुवित्तको बाक्लो उपस्थितिमा समेत छरिएर रहेको पूँजीलाई बचत संकलनमार्फत एकत्रित गर्ने, ग्रामीण समाजमा व्याप्त गरिबीलाई लघुकर्जाको माध्यमबाट स्वरोजगारिताको विकास गरी पर–निर्भरता कम गर्न विविध क्रियाकलाप अगाडि बढाईरहेको यस संस्थाको नागबेलीलाई प्राप्तीपश्चात मेचीदेखि महाकालीसम्म कार्यसञ्जाल पुग्ने, शाखा गाभ्नु नपर्ने, कर्मचारी समायोजनमा समेत सजिलो हुन गई वित्तीय संस्थाको व्यवसायिक विस्तारमा सहज हुने मिर्मिरेका अध्यक्ष टेक बहादुर बोहराले बताए।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।