कारोबारको दुई घण्टामा १४ अंक बढ्यो नेप्से, स्वदेशीको शेयरमूल्यमा सकारात्मक सर्किट

Jul 06, 2020 01:10 PM Merolagani

सोमबार कारोबारको दुई घण्टा अवधिसम्ममा नेप्से परिसूचक १४.०९ अंक बढेर एक हजार २७९.५५ विन्दुमा पुगेको छ। बजार खुलेको करिब १ घण्टासम्म नकारात्मक रहेको नेप्से, १२ बजेपछि बढ्न थालेको हो।

सो अवधिसम्ममा स्वदेशी लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। सो लघुवित्तको शेयरमूल्य ७९ रुपैयाँ बढेर ८७३ रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य सो अवधिसम्ममा ९.७५ प्रतिशत बढेको छ।

१ बजेसम्ममा १६० कम्पनीको ९ हजार ९८ पटकको कारोबारमा ३७ करोड ५६ लाख ७८ हजार रुपैयाँ बराबरको ९ लाख ८४ हजार कित्ता शेयर खदिरबिक्री भएको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।