असार तेस्रो साता पनि बैंकहरुको कर्जा लगानी शुन्य, निक्षेप संकलन २२ अर्बले बढ्यो

Jul 06, 2020 03:29 PM Merolagani

असारको तेस्रो साता पनि बैंकहरूको कर्जा प्रवाह बढ्न सकेको छैन। लकडाउनका कारण ठप्प रहेको बैंकहरूको कर्जा प्रवाह असार तेस्रो सातामा पनि शुन्य रहेको छ। 

असारको पहिलो साता ५ अर्ब रुपैयाँले घटेको कर्जा दोस्रो साता पनि केहि कर्जा असुली हुँदा २ अर्बले घटेको थियो। लकडाउन केहि खुकुलो भएपछि कर्जा लगानी केहि बढ्ने अपेक्षा बैंकहरूको रहेपनि अहिलेसम्म कर्जा बढ्न सकेको छैन् । 


नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्क अनुसार असार तेस्रो साता बैंकहरूको निक्षेप संकलन २२ अर्ब रुपैयाँले बढेको छ। जेठ अन्तिम साता ३० अर्बले बढेको निक्षेप संकलन असार पहिलो साता पनि १८ अर्ब र दोस्रो साता ८ अर्ब रुपैयाँले बढेको थियो।

असार १९ गतेसम्ममा वाणिज्य बैंकहरूको निक्षेप संकलन ३३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी २८ खर्ब ९ अर्ब रुपैयाँ छ। गत चैतसम्ममा बैंकहरूको कर्जा लगानी २८ खर्ब ४५ अर्ब रुपैयाँ रहेको थियो सो पश्चात बैंकहरूको कर्जा लगानी लगातार घटिरहेको छ।

गत वर्षको असार तेस्रो सातासम्ममा वाणिज्य बैंकहरूको निक्षेप संकलन २७ खर्ब ९३ अर्ब रुपैयाँ रहेको थियो भने कर्जा लगानी २४ खर्ब ७६ अर्ब रुपैयाँ रहेको थियो। गत वर्षको यसै अवधिमा बैंकहरुको कर्जा लगानी बढ्दो क्रममा रहेको थियो।

पछिल्लो समय कोरोनाको मारमा परेका उद्योगी व्यवसायीहरूले नयाँ कर्जा लिन सकेका छैनन्। निक्षेप संकलन भने बढेको बढ्यै छ। यता सरकारले बजेट खर्च बढाएको छ। जसले गर्दा बैकिङ्ग प्रणालीमा तरलता उच्च रहेको छ।

पछिल्लो समय बैंकहरुले साना कर्जा बढाउन नयाँ स्किम समेत ल्याइरहेका छन्। केहि समय अघि लक्ष्मी बैंकले विद्याथीलाई ल्यापटम र मोबाइल किन्न समेत ऋण दिनेगरी नयाँ योजना ल्याएको थियो भने एनआइसी एशिया बैंकले पनि सस्तो व्याजदरमै घर सवारी तथा व्यवसायिक कर्जा दिने योजना सार्वजानिक गरेको छ।

लकडाउन केही खुकुलो भएपश्चात कर्जा लगानी बढ्ने बैंकहरुको आँकलन रहे पनि हालसम्म कर्जा लगानी बढ्न सकेको छैन। गत एक महिनामा वाणिज्य बैंकहरुको कर्जा लगानी २२ अर्ब रुपैयाँले घटेको छ। लकडाउन अवधि भरमा बैंकहरूको कर्जा ३६ अर्ब भन्दा धेरैले घटेको संघको तथ्याङ्कले देखाउँछ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।