बैंकहरूले ब्याजदर एकल अंकमा नै ल्याउन लागेका हुन् ?

Jul 06, 2020 04:17 PM merolagani

  • रबिन पाैडेल

पछिल्लो समय बैंकहरूले कर्जाको ब्याजदर घटाउन थालेका छन् । बैंकिङ प्रणालीमा अत्याधिक तरलता भएपछि बैंकहरूले कर्जाको ब्याजदर घटाउन थालेका हुन ।

 

केही बैंकहरूले सार्वजानिक गरेको नयाँ योजनाले अहिले वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर व्यवसायीले भनेजस्तै एकल अंकमै आइसकेको जस्तो देखिन्छ । व्यवसायीहरूले पछिल्लो समय कर्जाको व्याजदर एकल अंकमा झार्नुपर्ने माग गर्दै आएका छन् ।

एनआइसी एशिया बैंकले ८.२५ प्रतिशतमा नै घर,सवारी तथा व्यवसायीक कर्जा दिने योजना सार्वजनिक गरेको छ । बैंकले त्यसमा ०.२५ मात्रै प्रशासनिक खर्च जोड्ने जनाएको छ । यसअनुसार बैंकले प्रशासनिक शुल्क समेत गरी साढे ८ प्रतिशतमा नै कर्जा प्रवाह गर्ने छ । बैंकको आधार दर ८.२२ प्रतिशत छ । पछिल्लो समय आक्रामक रुपमा व्यवसाय विस्तार गर्दै आएको एनआइसी एशिया बैंकले करिब आधार दरमा नै कर्जा प्रवाह गर्ने योजना ल्याएको हो ।

केही ग्राहकहरू भने अहिले न्यून ब्याजमा कर्जा दिएपनि केही महिनापछि ब्याजदर बढाउने बताउँछन्।बैंकहरूले मासिक तथा त्रैमासिक रुपमा नयाँ बेस रेट सहितको नयाँ ब्याजदर सार्वजनिक गर्ने गरेका छन् । यस्तो अवस्थामा बैंकहरूले आधार दर बढाउँदा कर्जाको ब्याजदर पनि बढ्न जान्छ । अहिले कर्जाको माग निकै कम छ तर कर्जाको माग अधिक भएर तरलता समस्या आयो भने कर्जाको ब्याजदर फेरी बढ्न सक्छ ।

लकडाउन यता बैंकहरुको कर्जा लगानी बढ्न सकेको छैन । चैत यता बैंकहरूको निक्षेप संकलन १ खर्ब ३४ अर्ब रुपैयाँले बढेको छ भने कर्जा लगानी ३६ अर्ब रुपैयाँले घटेको छ । लकडाउनकै समयमा पनि केही कर्जा असुली हुँदा बैंकहरूको कर्जा प्रवाह घटेको देखिएको हो । जसले गर्दा बैंकिङ प्रणलीमा तरलता अत्याधिक छ ।

व्यवसायीहरूले पछिल्लो समयकर्जाको ब्याजदर एकल अंकमा आउनु पर्ने मााग गर्दै आएका थिए ।मौद्रिक नीतिमा आधार दरमा कम्तिमा २.२ प्रतिशत घटाउने व्यवस्था गरिनु पर्ने उद्योग संगठन मोरङले दिएको सुझावमा उल्लेख छ । त्यस्तै उद्योग वाणिज्य महासंघले पनि मौद्रिक नीतिमा ब्याजदर घटाउनको लागि राष्ट्र बैंकले तोकेको सिआरआरलगायतका अन्य प्यारामिटरहरूलाई केही सहुलियत दिनुपर्ने धारण राख्दै आएको छ । केन्द्रीय बैंकले आधार दर घटाउने मौद्रिक नीति ल्याउनुपर्ने उनीहरूको माग छ । पछिल्लो समय बैंकहरूले सार्वजानिक गरेका नयाँ ब्याजदर अनुसार कर्जाको ब्याजदर एकल अंकमा आउने आउने संकेत देखिएको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले पनि नेपाल उद्योग परिसँघको वार्षिक साधारणसभामा बैंकहरूको ब्याजदर एकल अंकमा आउने बताएका थिए । उनले उक्त विषय मौद्रिक नीतिले समेट्ने बताएका थिए । केन्द्रीय बैंकले पनि कर्जाको ब्याज केही घट्ने गरी मौद्रिक नीति ल्याउने तयारीमा रहेको छ । अहिले बैंकहरूको कर्जा निक्षेप अन्तर स्प्रेड ५ प्रतिशतको हाराहारीमा छ । केन्द्रिय बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्ममा स्प्रेड दर ४.४ प्रतिशत कायम गर्नु पर्ने नीति लिएको छ । व्यवसायीले भनेको जस्तै आधार दर र स्प्रेड दर केही कम हुँदा बैंकहरुको कर्जाको ब्याजदर एकल अंकमै आउन सक्छ । अहिले बैंकहरूले कर्जाको प्रकृति हेरेर आधार दरमा ५ प्रतिशत सम्म प्रिमियम थप गरी कर्जा प्रवाह गरिरहेका छन् । चैतमसान्तसम्मको आधार दर हेर्ने हो भने अधिकाँश बैंकको आधार दर ९ प्रतिशतकै हाराहारीमा रहेको छ । केही बैंकहरूको भने आधार दर १० प्रतिशतामाथि रहेको छ ।

लकडाउनका कारण व्यवसायीहरू थप कर्जा लिन नसक्ने अवस्थामा रहेका छन् । जसले गर्दा कर्जाको माग निकै कम छ । यसले गर्दा बैंकहरूले कर्जाको ब्याजदर निकै घटाएका छन् । चालु आर्थिक वर्षको चौथो त्रैमासमा कर्जाको ब्याजदर २ प्रतिशत विन्दुले घटाएर गणना गर्न केन्द्रीय बैंकले निर्देशन नै दिएको छ । कर्जा प्रवाहमा संकुचन आएपछि केही बैंकहरूले केन्द्रिय बैंकले भनेको भन्दा पनि सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्न थालेका छन् । कर्जाको ब्याजदर घट्दा कारोनाको ठूलो असर परेको व्यवसायीहरूलाई केही राहात हुने छ ।

 

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।