बाग्लुङका एक पुरूषकाे कोरोना संक्रमणका कारण निधन, निधन हुनेकाे संख्या ३५ पुग्याे

Jul 06, 2020 04:50 PM Merolagani

नेपालमा थप एक जना कोरोना संक्रमितको निधन भएको छ। निधन हुने बाग्लुङ निसीखोला ३ का २९ वर्षिय पुरुष हुन्।

उनको असार २१ गते निधन भएको हो। उनी भारतबाट क्षयरोगको उपचार गरी फर्केका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमका अनुसार ती पुरूष ढोरपाटनस्थित क्वारेन्टीनमा रहेका थिए।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ३५ पुगेको छ।                             

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।