एक्वीजिसन प्रकृयामा रहेको देवः विकास बैंकको किन भयो कारोबार ? नेप्से के भन्छ ?

Jul 06, 2020 06:04 PM Merolagani

कुमारी बैंक (KBL) सँग एक्वीजिसन प्रकृयामा रहेको देवः विकास बैंकको सोमबार नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार भएको छ। कुमारी बैंकसँग गाभिने सम्झैता गरेको देवः विकास बैंकको साेमबार ३३९ कित्ता शेयर खरिद बिक्री भएको हाे।

देवः विकास बैंकले यसअघि वेस्टर्न डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको थियो। केन्द्रिय बैंकले देवः विकास बैंक र वेष्टर्न डेभलपमेन्ट बैंकको मर्जर तथा एक्वीजिसन सम्बन्धि प्रकृया पुरा भएको पत्र नेप्सेलाई पठाएको थियो। सोही अनुसार नेपाल स्टक एक्सचेञ्जले बैंकको कारोबार खोल्यो।, तर देवः विकास बैंकले फेरी कुमारी बैंकसँग गाभिने सम्झौता गरिसकेको थियो र साेही कारण उसको कारोबार रोक्का गरिएको थियो।

सोमबार नेप्सेकै गल्तिका कारण बैंकको शेयर कारोबार खुलेको बुझिएको छ। उक्त कारोबार रद्द हुने नेप्सेले जनाएको छ। सोमबार बैंकको ५ वटा कारोबारमा ५० हजार ४०३ रुपैयाँ बराबरको ३३९ कित्ता शेयर कारोबार भएको थियो।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।