अनलाइन क्लास लिने विदेशी विद्यार्थीलाई देश निकाला

Jul 07, 2020 03:06 PM Merolagani

कोरोना भाइरस संक्रमण विश्वभर फैलिएसँगै अनलाईन शिक्षा प्रणाली संचालन भइरहेको छ । विश्वका अधिकांश विद्यालय तथा विश्वविद्यालयले विद्यार्थीहरुलाई अनलाईन कक्षामार्फत नै अध्यापन गराइरहेका छन् ।

अमेरिकामा अध्ययन गर्ने योजना बनाइरहेका विद्यार्थीहरुलाई भने यसले असर पार्ने देखिएको छ । अमेरिकाले पुर्ण रुपमा अनलाईन कक्षा लिने विश्वविद्यालयमा अध्ययन गर्ने विदेशी विद्यार्थीहरुलाई उनीहरूकै देश फिर्ता पठाउने भएकाे छ। विदेशमा अध्ययन गर्ने विद्यार्थीहरुले व्यक्तिगत रुपमा कक्षा नलिएमा अमेरिकाले ती विद्यार्थीहरुलाई आफ्नो देश फिर्ता गराउने भएको हो ।

त्यसैगरी विद्यार्थीहरुलाई व्यक्तिगत रुपमा अध्यापन गराउने अन्य कलेज पनि जान सक्ने छन् ।अमेरिकी अध्यागमन एवम् भन्सार एजेन्सी आईसीईका अनुसार नियम पालना नभएमा विद्यार्थीहरुलाई देश निकाला गरिनेछ ।

अमेरिकामा धेरै विद्यार्थी अध्ययनकालागि जाने गरेका छन् ।अमेरिकी विश्वविद्यालयकालागि राजश्वको महत्वपुर्ण स्रोत विद्यार्थीहरुले तिर्ने शुल्क हो ।

एजेन्सीको सहयोगमा ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।