प्रदेश– तीनमा मात्रै ५१ प्रतिशत हितग्राही खाता,अधिकांश शेयर कारोबार काठमाडाैं उपत्यकामा सिमित

Jul 07, 2020 04:08 PM Merolagani

शेयर कारोबार गर्नका लागि प्रदेश–३ मा करिव ५१ प्रतिशत हितग्राही खोलिएका छन् । संघीय संसदको अर्थ समिति अन्तगर्त रामकुमारी भाँक्री संयोजकत्वमा पूँजी र मुद्रा बजार सम्बन्धी अध्ययन गर्न गठित उपसमितिले पेश गरेको प्रतिबेदनमा प्रदेश–३ मा ५०.७४ प्रतिशत हितग्राही खोलिएको उल्लेख गरिएको छ ।

जेठ १६ गतेसम्ममा प्रदेश–३ मा सबैभन्दा बढी हितग्राही खाता खुलेका छन् । दोस्रो बढी हितग्राही खाता प्रदेश–१ खोलिएका छन् । प्रदेश–१ मा १६.५८ प्रतिशत हितग्राही खाता खोलिएका छन् ।

सबैभन्दा कम हितग्राही खाता खोल्नेमा प्रदेश–६ परेको छ । उक्त प्रदेशमा १.३२ प्रतिशतमात्र हितग्राही खाता खोलिएका छन् ।

प्रदेश–४ मा १०.९८ प्रतिशत, प्रदेश–५ मा ९.६२ प्रतिशत, प्रदेश–२ मा ७.५५ प्रतिशत र प्रदेश ७ मा ३.२० प्रतिशत हितग्राही खाता खोलिएका छन् ।

 

२०७२ माघदेखि काठमाडौं उपत्यका तथा २०७३ साउनदेखि काठमाडौं उपत्यका बाहिरबाट समेत पूर्ण अभौतिकृत धितोपत्रको कारोबार हुने व्यवस्था गरिएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।