काेराेनाकाे संक्रमण बढेपछि काठमाण्डाैंकाे १२ स्थानमा कन्ट्याक ट्रेसिङ सुरु

Jul 07, 2020 05:56 PM Merolagani

काठमाण्डौं उपत्यकामा काेराेना संक्रमितको सँख्या दिनदिनै बढेपछि स्वास्थ्य मन्त्रालय अन्तर्गतको
इपिडिमियोलोजी महाशाखाले १२ स्थानमा कन्ट्याक ट्रेसिङ सुरु गरेको छ। जसमध्ये नख्खु र तीनकुने एरियामा गरिएका २५८ वटा परिक्षणमा कारोना नेगेटिभ देखिएको छ । 

अन्य १० वटा क्षेत्रबाट स्वाब संकलन भइरहेको र एक दुई दिनमै त्यसको जानकारी उपलब्ध गराउने महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले बताए।

देशभरबाट संक्रमितको सँख्या घटेपनि काठमाण्डौंमा बढ्न थालेकोले अबको केही दिन काठमाण्डौंको कन्ट्रयाक ट्रेसिङलाई घनीभूत पार्न महाशाखाले स्थानीय निकायसँग समन्वय गरीरहेको बुझिएको छ।

हालसम्म काठमाण्डौं उपत्यकामा कुल संक्रमितको संख्या २६६ जना पुगेको छ। जसमध्ये ललितपुर र भक्तपुरका ४९ जना , १७५ जना काठमाण्डौंका र ७९ जना विदेशबाट रेस्क्यु उडान मार्फत आएकाे मन्त्रालयले जनाएको छ।   

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।