भोलि ज्ञवालीले अनिवार्य अवकास पाउँदैछन् ।
२०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृतको समूहबाट थापाले २८ औं महानिरीक्षक बन्ने अवसर प्राप्त गरेका छन् ।थापाले १८ वैशाख २०७९ सम्म नेतृत्व सम्हाल्नेछन् । संगठनमा बौद्धिक र इमान्दार अधिकृतको छवि बनाएका थापा इन्स्पेक्टरबाट सेवा प्रवेश गरेबाटै आफ्नो ब्याचको पहिलो नम्बरमा रहन सफल हुँदै आएका थिए ।
२०४९ सालमा प्रहरी निरीक्षकको रुपमा सेवा प्रवेश गरेका थापाले महानिरीक्षक बन्दा आफ्नै ब्याचका प्रतिस्पर्धी एआईजी हरिवहादुर पाललाई उछिन्दै थापा महानिरीक्षक बन्न सफल भए । प्रहरी नायव उपरीक्षकबाट अतिरिक्त प्रहरी महानिरीक्षक बढुवा हुँदा कार्यसम्पादन मूल्याङ्कनका आधारमा १ नम्बरमा रहेका थापालाई वरिष्ठताकै आधारमा प्रहरी महानिरीक्षकमा बढुवा गरिएको हो ।