ब्राजिलका राष्ट्रपतिमा कोरोना भाइरस संक्रमणको पुष्टि

Jul 07, 2020 11:01 PM Merolagani

ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनको चौथो पटक सोमबार कोरोना परीक्षण भएको थियो ।

 

राष्ट्रपति बोलसोनारोमा उच्च तापक्रम सहित खोकीको लक्षण देखिएपछि उनकाे परीक्षण गरिएको हाे। उनले कोरोनालाई सामान्य फ्लु भएको र यसले आफुलाई गहिरो असर नपर्ने बताउँदै आएका थिए ।

मंगलबार एक टेलिभिजन अन्तर्वाताका क्रममा राष्ट्रपति बोलसोनारोले आफ्नो कोरोना परीक्षणको नतिजा पोजिटिभ आएको घोषणा गरेका हुन् । उनले हाल ज्वरो कम भएर आराम महसुस गरेको बताएका छन् ।बोलसोनारो ६५ वर्षको भएकाले उच्च जोखिम समुह भित्र पर्दछन् ।

एजेन्सिकाे सहयाेगमा ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।