अजोड इन्स्योरेन्स आईपीओमा आवेदन दिनु अघि जान्नुपर्ने कुराहरु

Jul 09, 2020 05:32 AM Merolagani

अजोड इन्स्योरेन्स (AJOD) ले आज (असार २५ गते) बिहिबारदेखि आईपीओ निष्काशन खुला गरेको छ। कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो।

कम्पनीले त्यसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहने २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा गरेको हो।

इन्स्योरेन्सको आईपीओ असार २५ गतेदेखि छिटोमा २९ गतेसम्म बिक्री खुला हुनेछ। त्यस अवधिमा माग अनुसार आवेदन नपरे साउन ८ गतेसम्म आवेदन दिने मिति लम्बिन सक्नेछ।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्नेछ। त्यसमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर हिस्सा हुनेछ।

कम्पनीले आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट असार ७ गते अनुमति पाएको थियो।

कसरी दिने आवेदन ?

कम्पनीको आईपीओमा प्रति शेयर १०० रुपैयाँका दरले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ।

धितोपत्र बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड गर्दै जानुपर्ने हुन्छ। यसअनुसार गोलाप्रथाबाट २ लाख ६३ हजार जनाले न्युनतम १० कित्ता शेयर पाउनेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल छन् भने शेयर प्रत्यभूतकर्तामा ग्लोबल आईएमई क्यापिटल र कुमारी क्यापिटल रहेका छन्।

दुई वर्षमा ११ करोड संचित नाफा कमाउने प्रक्षेपण

इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ सम्ममा ११ करोड १ लाख ४६ हजार रुपैयाँ संचित नाफा कमाउने प्रक्षेपण गरेको छ। आर्थिक वर्ष २०७४/७५ मा ८४ लाख ४२ हजार रुपैयाँ संचित नाफा आर्जन गरेकोमा आर्थिक वर्ष २०७५/७६ मा ८ करोड ५४ लाख ३८ हजार रुपैयाँ संचित नोक्सानी व्यहोरेको थियो।

यस्तै आर्थिक वर्ष २०७६/७७ मा पनि ५ करोड १ लाख रुपैयाँ संचित नोक्सानीमा जान सक्ने प्रक्षेपण गरेको छ। आर्थिक वर्ष २०७७/७८ मा भने एक करोड ६४ लाख ४२ हजार रुपैयाँ संचित नाफा कमाउने प्रक्षेपण गरेको छ।

आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वित्तीय विवरण एनएफआरएस बमोजिम तयार पार्दा संचित नोक्सानीमा गएको देखिएको जनाएको छ।

यस्तै, आर्थिक वर्ष २०७८/७९ सम्ममा प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ र प्रतिशेयर आम्दानी २० रुपैयाँ ८ पैसा पुग्ने कम्पनीको प्रक्षेपण छ। त्यस आर्थिक वर्षमा कम्पनीले १ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्ने प्रक्षेपण गरेको छ।

इन्स्योरेन्स चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा १८ करोड ४९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न गरेको छ । यस्तै त्यस अवधीमा ३ करोेड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सको जगेडा कोषमा ३ करोड ३३ लाख रुपैयाँ, बीमा कोषमा ४ करोड ८१ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ५७ लाख रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा इन्स्योरेन्सको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६९ पैसा रहेको छ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी आईपीओ ग्रेड ४ प्रदान गरेको छ। त्यसले कम्पनीको वित्तीय अवस्था औषतभन्दा कमजोर रहेको जनाउछ।

कस्तो कम्पनी हो ?

अजोड इन्स्योरेन्स निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनी हो। २०६४ चैत २० गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो भने २०७५ असार १५ गते बीमा समितिबाट निर्जीवन बीमा सम्बन्धी व्यवसायिक कारोबार गर्न स्वीकृती पाएको थियो। कम्पनीले २०७५ असार २१ गतेदेखि निर्जीवन बीमा सम्बन्धी कारोबार गर्दै आइरहेको छ।

कठामाडौंको सिटिसी मल सुन्धारामा प्रधान कार्यालय रहेको यस कम्पनीको २६ जिल्लामा ३८ वटा शाखा तथा उपशाखा कार्यलयहरू छन्।

 

भावी योजना तथा रणनीति

इन्स्योरेन्सले समय सापेक्ष योजना तथा सेवाहरु विकास गरी सम्भाब्य ग्राहकहरुको पहिचान गरेर आफ्नो व्यवसाय विस्तार गर्ने लक्ष्य लिएको छ। लगानीमा विविधिकरण गरी औषत आयमा वृद्धि गर्ने तथा बीमितहरूको प्रतिफल वृद्धि गर्ने कम्पनीको योजना छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।