लकडाउनपछि इडिआइएसमार्फत शत प्रतिशत कारोबार राफसाफ, पूर्ण अनलाइनको संघारमा बजार

Jul 10, 2020 08:04 AM Merolagani

नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा इडिआइएस (इलेक्ट्रोनिक्स डेबिट इन्सट्रक्सन स्लिप) मात्रै चलाउने योजना सफल भएको छ। लकडाउनपछि खुलेको बजारमा शतप्रतिशत इडिआइएसमार्फत कारोबार राफसाफ हुने गरेको छ। 

धितोपत्र बोर्डको निर्देशनले इडिआइएस अनिवार्य गरेको छ। लकडाउन यता भएको कारोबारमा सबै शेयरको राफसाफ इडिआइएसमार्फत गरिएको छ," केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि) का प्रवक्ता सुरेश न्यौपानेले भने।

इडिआइएसमार्फत मात्रै कारोबार राफसाफ गरिए पनि दोस्रो बजारमा कुनै फरक परेको छैन। बरु, दैनिक कारोबार रकम बढ्दै गएको छ। पछिल्लो समय कारोबार गरेका सबैले इडिआइएसमार्फत नै कारोबार राफसाफ गर्ने गरेका छन्। यसबाट दोस्रो बजार पूर्ण अनलाइनको संघारमा आइपुगेको संकेत गरेकाे छ।

इडिआइएसमार्फत मात्रै कारोबार राफसाफ हुने भएपछि शेयर राफसाफ प्रक्रिया पूर्ण अनलाइन भएको छ। भौतिक शेयर हुनेलाई समेत ब्रोकर कम्पनीले अनलाइन गर्न अभिप्रेरित गर्ने गरेका छन्। ब्रोकर कम्पनीको अनुरोधमा सेवा नलिएकाले समेत उक्त सेवा लिन थालेका छन्। जसका कारण शतप्रतिशत इडिआइएसमा शेयर राफसाफ हुन सम्भव भएको बताइएको छ।  

यतिबेला लगानीकर्ताले शेयर खरिद गर्ने, खरिद गरेको शेयरको भुक्तानी दिने/लिने, शेयर पठाउने/पाउने सबै अनलाइनबाटै हुन थालेको छ। तर, केही लगानीकर्ताले अझै खातामा रकम नपाएको गुनासो गर्ने गरेका छन्।

इडिआइएस भनेको के हो?

बैकमा खाता खोली पैसा राख्दा निक्षेपकर्ताले आफूलाई चाहिएको बेला पैसा झिक्न बैकबाट चेक बुक, डेबिट कार्ड र अनलाइन भुक्तानी सेवा पाउँछन्। उनीहरूले ती सुविधा प्रयोग गरेर आफूलाई चाहिएको बेला रकम झिक्न सक्छन्।

यस्तै, शेयर बजारमा शेयर कारोबार गर्न वा प्राथमिक शेयरमा आवेदन दिन हितग्राहि खाता अनिवार्य गरिएको छ। शेयर राख्ने खाता निक्षेप सदस्यमार्फत खोल्न सकिन्छ। निक्षेप खाता खोली राखिएको शेयरको प्रमाण स्वरूप निक्षेप सदस्यले शेयरको स्टेटमेन्ट र डिआइएस (डेबिट इन्सट्रक्सन स्लिप) हितग्राही खाता बाहकलाई उपलब्ध गराउँछ।

आफूसँग भएको शेयर बिक्री गरे पछि लगानीकर्ताले जति शेयर बिक्री गरेको हो उत्ति नै शेयर खरिदकर्तालाई दिनु भन्दै बिक्रीकर्ताले डिआइएस भरि ब्रोकर कम्पनीलाई बुझाउनुपर्छ। ब्रोकर कम्पनीले उक्त डिआइएस निक्षेप सदस्यलाई बुझाउनु पर्छ। निक्षेप सदस्यले डिआइएस पाएपछि खरिदकर्ताको नाममा उक्त शेयर हाली दिन्छन्। भौतिक डिआइएस जुन निक्षेप सदस्यले जारी गरेको हो त्यही निक्षेप सदस्यकोमा ब्रोकर कम्पनीले पुर्‍याउनु पर्ने जिम्मेवारी हुन्छ।

तर, इडिआइएस भने अनलाइन हुन्छ। मेरो शेयर अनलाइन प्रयोगकर्ताले भने त्यहीबाट इडिआइएसको सुविधा पाउँछन्। उनीहरूले इडिआइएसको सुविधा प्रयोग गरेपछि लगानीकर्ताले डिआइएस दिन ब्राेकर कम्पनी जानु पर्दैन भने ब्रोकर कम्पनीले पनि निक्षेप सदस्यकोमा धाउनु पर्दैन। लगानीकर्ता र ब्रोकर दुबैलाई यसले फाइदा गर्छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।