साधना लघुवित्तको आइपीओमा झण्डै १७ गुणा बढी आवेदन

Jul 08, 2020 05:48 PM Merolagani

साधना लघुवित्तले असार २१ गते आइतबारदेखि सर्वसाधारणमा जारी गरेको आइपीओमा अन्तिम दिन सम्ममा झण्डै १७ गुणा बढी आवेदन परेको छ।

लघुवित्तको आइपीओ बुधबार साँझ पाँच बजेसम्ममा ४ लाख ५५ हजार ८४१ जना आवेदकबाट १ अर्ब ११ करोड ९१ लाख एक हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ९१ हजार १० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। यो बिक्रीमा ल्याइएको शेयरको १६.९२ गुणा धेरै हो।

कम्पनीले बिक्रीमा ल्याएको उक्त शेयर बुधबारबाट बिक्री बन्द भएको छ। यसमा अझै भौतिक रुपमा गरिएको आवेदन आउन बाँकी नै रहेको छ।

लघुवित्तले आइतबारदेखि प्रतिकित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो। कुल शेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको थियो।

लघुवित्तको यस आइपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।