अजोड इन्स्योरेन्सको आईपीओ बिक्री खुल्यो, न्युनतम १० कित्ता आवेदन दिन सकिने

Jul 09, 2020 05:32 AM Merolagani

अजोड इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) बिक्रि खुला भएको छ। कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ आज बिहिबार देखि बिक्रि खुला गरेको हो।

त्यसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाइएको छ। बाँकी रहने २७ लाख ३० हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सको आईपीओ असार २५ गतेदेखि २९ गतेसम्म बिक्री खुला हुनेछ। त्यस अवधिमा माग अनुसार आवेदन नपरे साउन ८ गतेसम्म आवेदन दिने मिति लम्बिन सक्नेछ।

कम्पनीको आईपीओमा प्रति शेयर १०० रुपैयाँका दरले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओमा शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल, शेयर प्रत्यभुतकर्तामा ग्लोबल आईएमई क्यापिटल र कुमारी क्यापिटल छन्।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्नेछ। त्यसमा संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर हिस्सा हुनेछ।

याेसंगै नयाँ इन्स्याेरेन्स कम्पनीहरूमा आईपीओ जारी गर्ने अजाेड इन्स्याेरेन्स पहिलाे बनेकाे छ। यस्तै, जनरल इन्स्याेरेन्स कम्पनी, रिलायन्स लाइफ र सानिमा जनरल इन्स्याेरेन्स आईपीओ जारी गर्न अनुमति माग्दै धिताेपत्र बाेर्ड पुगिसकेका छन्।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।