इन्स्योरेन्सले गत फागुन २२ गतेदेखि १० बराबर ६ अनुपातमा कुल ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो। चैत ११ गतेदेखि लकडाउन भएपश्चात इन्स्योरेन्सले हकप्रद बिक्री स्थगित गरेको थियो भने असार ९ गतेदेखि पुनः बिक्री खोलेको थियो।
हकप्रद निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले माघ २७ गतेदेखि बुकक्लोज गरेको थियो। यस अनुसार माघ २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
लघुवित्तको हकप्रद शेयरको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ। हकप्रदमा बिक्री प्रबन्धकको कार्यालय नयाँ बानेश्वर, एनएलजी इन्स्योरेन्सका शाखा कार्यालय, लक्ष्मी बैंकका विभिन्न शाखा कार्यालय र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिनेछ। इन्स्योरेन्सको हकप्रद शेयर आज बैंकिङ समयपश्चात बिक्री बन्द हुनेछ।
क्रेडिट रेटिङ एजेन्सी इक्राले एनएलजी इन्स्योरेन्सको हकप्रद निष्काशनका लागि इक्रा एनपी आईपीओ ग्रेड ३ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ३ रेटिङ्गले इन्स्योरेन्सको वित्तीय आधारभुत अवस्था औसत छ भन्ने बुझाउँछ।
हाल ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ।